खुलेदेखी लगातार दुइ दिन घट्दै आएको शेयर बजार मंगलबार आएर उकालो लागेको छ । यस दिन शेयर बजार मापन गर्ने नेपालको एकमात्र नेप्से परीसुचक अघिल्लो दिनको तुलनामा ४.२७ अंकले माथी चढ्दै ४८२.७६ बिन्दुमा पुगेको छ ।मंगलबार शेयर बजारमा कुल ७३ कम्पनिका शेयर कारोबार भएको छ जस अनुसार ११२० कारोबारबाट ५ करोड २८ लाख १६ हजार ५ सय बराबरको २ लाख ५४ हजार ९ सय ९२ कित्ता शेयर खरिद बिक्री भएका छन ।