गत साता अन्तिम दिन घटेको शेयर बजारले यस साताको पहिलो दिनमा पनि सोही लयलाई पच्छ्याएको देखिएको छ । नेपाली शेयर बजार मापन गर्ने एकमात्र नेप्से परीसुचक अघिल्लो दिनको तुलनामा ४.२ अंकको गिरावट खेप्दै ४८०.६२ बिन्दुमा पुगेको छ ।
शेयर बजारमा आज कुल ७१ वटा कम्पनिको शेयर खरिद विक्री भएका छन जस अनुसार १ हजार ७७ कारोबारमा ४ करोड ६६ लाख ३३ हजार बराबरका ९३ हजार ३ सय ४० कित्ता शेयर किनबेच भएका छन । गएको दिनको तुलनामा आजका करोबार कम्पनी संख्या देखी लिएर कारोबार भएक शेयर कित्ता सबै नै कम छन । यसरी शेयर बजारमा अस्थिरता देखा पर्नुमा राज्नैतिक अन्यौल बाहेक अरु कुनै विषेश कारण नरहेतापनी केहि मात्रामा शेयर खरिद चाप भन्दा बिक्री चाप धेरै भएकोले पछिल्ला दिनहरुमा शेयर बजारमा ह्रास आएको कुरा विज्ञहरु बताउदछन ।
