साताको पहिलो दिनदेखी निरन्तर ओरालिएको शेयर बजारमा बुधवार पनि सुधार आउन सकेन । आज कारोबार सुरुभएदेखी नै निकै आरोह्-अवरोह भोग्दै अन्तत: नेप्से परीसुचक ०.४८ अंकको ह्रास खेप्दै ४७५.१७ बिन्दुमा पुगेको छ ।
शेयर बजारमा आज कुल ६३ वटा कम्पनिहरुले उपस्थिती जनाएका छन जस अनुसार ७१२ कारोबारबाट १ करोड ७२ लाख ६१ हजार बराबरका ४२ हजार ९ सय कित्ता शेयर खरिद बिक्री भएका छन ।
