यस साता नेपाल स्टक एक्स्चेन्जमा १०३ कम्पनिहरुको कारोबार भएको छ जस अनुसार ४५८१ कारोबारबाट १२ करोड ७१ लाख ७४ हजार रुपैया बराबरका ३ लाख ९ हजार ७ सय कित्ता शेयरहरु खरिद बिक्री भएका छन । गत साता ५७९९ कारोबारबाट २५ करोड ९ लाख ६६ हजार रुपैया बराबरका ९ लाख ६६ हजार ६ सय कित्ता शेयरहरु खरिद बिक्री भएका थिए । कारोबार रकममा गत साताको तुलनामा ४९.१३ प्रतिशतले ह्रास आएको हो । कुल कारोबार मध्य 'क' वर्गका कम्पनिहरुको मात्र ५ करोड ७९ लाख रुपैया बराबरको कारोबार भएको छ । यो कुल कारोबारको ४५.५८ प्रतिशत हो । 'क' वर्गका कम्पनिहरुको कारोबार मापन गर्ने सेन्सेटीभ इन्डेक्स अघिल्लो दिनकओ तुलनामा १.२७ अंकले ह्रास भई ११६.४३ अंकमा आइपुगेको छ ।यस साताको शेयर बजार
कारोबार रकम १२,७१,७४,०००
कारोबार संख्या ४,५८१
शेयर कित्ता ३,०९,०००
कम्पनी संख्या १०३
समुह पहिलो दिन अन्तिम दिन परिवर्तन
बाणिज्य बैंक ४६०.३० ४५३.०४ -७.२६
उत्पादन मुलक ४२७.८९ ४२७.८९ ०.००
होटल ३९१.८८ ४०९.८७ १७.९९
अन्य ५४८.७० ५४५.१८ -३.५२
जलबिधुत ७२३.३२ ७१०.३८ -१२.९४
व्यापार २८२.०८ २८२.०८ ०.००
वीमा ५७०.६७ ५६२.८८ -७.७८
वित्त ४२४.३१ ४१८.२८ -६.०३
विकास बैंक ४९४.८६ ४८८.६९ -६.१७
नेप्से इन्डेक्स ४८०.६२ ४७४.६३ -५.९९
सेन्सेटिभ इन्डेक्स ११७.७ ११६.४३ -१.२७
फ्लोट इन्डेक्स ४४.६७ ४३.९९ -०.६८
क्षेत्रगत बाँडफाँड
कारोबार रकमको आधारमा क्षेत्रगत बाँड्फाँड हेर्दा यस साता सबैभन्दा बढी कारोबार भई ६४ प्रतिशत ओगट्दै बाणिज्य बैंक समुह अग्रस्थानमा छ । त्यस्तै १७ प्रतिशत ओगट्दै दोस्रो स्थानमा विकास बैंक रहेको छ भने क्रमसा १०, ४, २ प्रतिशत ओगट्दै वित्त, जलबिधुत र अन्य समुह तेस्रो,चौंथो र पाँचौ स्थानमा छन ।
प्राबिधिक औजार सिम्पल मूविङ एवरेज अनुसार शेयर बजारमा अझ पनि कुनै सुधार हुने संकेत देखिदैन । शेयर बजार मापन गर्ने नेप्से परीसुचक अल्पकालिन समयमा घट्ने लयतिर उन्मुख भएको देखिन्छ भने दिर्घकालिन समयमा पनि सुधार आउने स्थितिको परिकल्पना गर्न पनि गाह्रो नै छ ।
No comments:
Post a Comment