अर्घाखाँचीमा बिमा गर्नेको सङ्ख्या बढ्दै गएको छ। कम्पनी गाउँमा पुगेर बिमासम्बन्धी जानकारी गराएपछि सङ्ख्या बढेको हो। सदरमुकाम भन्दा गाउँमा बिमा गनर्को सङ्ख्या तेब्बर रहेको छ। एसियन लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, नेसनल, अमेरिकन, गुराँस र प्राइमलगायतका बिमा कम्पनीले अर्घाखाँचीमा शाखा खोलेका छन्। जिल्लाका हरेक गाउँमा घरैपिच्छे बिमा गर्ने मानिस भेटिन थालेका छन्। कम्पनी गाउँमा पुगेर बिमासम्बन्धी चेतना फैलाउन थालेपछि दिनप्रतिदिन बिमा गर्नेको सङ्ख्या बढ्दै गएको कम्पनीहरूले जनाएका छन। जीवनभर सुरक्षित र बचत हुने महसुस गरी बिमा गर्नेहरू गाउँमा बढ्दै गएका हुन्।
बिमासम्बन्धी सामान्य जानकारी दिएपछि सामूहिकरूपमा बिमा गराउन आउनेको घुइँचो लाग्ने गरेको एसियन लाइफ इन्स्योरेन्स अर्घाखाँचीका प्रमुख माधव पौडेलले बताउनुभयो । जिल्लाका विकट र दुर्गम गाउँ सिद्वारा, जलुके, पोखराथोक, पाली, धातीवा डिभर्नालगायतका गाविसमा मानिसहहरूले प्रायः घरैपिच्छे बिमा गरेका छन् । बिमा गर्नेमा सबैभन्दा बढी महिला भएको उहाँले बताउनुभयो। उहाँका अनुसार बिमा गर्नेहरू ८० प्रतिशतभन्दा बढी विकट गाउँका छन् । यसैवर्ष मात्रै गाउँका दुई हजारले आˆनो कम्पनीबाट बिमा गरेका छन् । बिमा गर्न बासिन्दा बढी उत्साहित भएकोले थप नयाँ योजना लिएर टोल टोलसम्म जाने तयारी रहेको छ उहाँले भन्नुभयो।
अर्घाखाँचीमा रहेका सात वटा बिमा कम्पनीका अनुसार जिल्लामा ३० हजारभन्दा बढीले बिमा गरेका छन् । गतवर्ष १० हजारजनाले मात्र बिमा गरेका थिए। एकपटक बिमा गरेपछि अनिवार्य बचत, दुर्घटनामा मृत्यु भएमा बिमा गरेको रकमभन्दा दुईगुणा बढी र बोनस, मृत्यु भएमा परिवारले रकम पाउने भएकाले बिमा गर्नेको घुइँचो लागको छ। गाउँमा अभिकर्तामार्फत तालिम, गोष्ठी सञ्चालन गरिएको पौडेलले बताउनुभयो । गाउँमा घरदैलो अभियान सञ्चालन गरेपछि बिमा गर्नेको सङ्ख्या हृवात्तै बढेको छ। बिमा गर्दा २५ हजारदेखि क्षमता अनुसारको बिमक रकम तोकेर बिमा गर्ने गरेको कम्पनीहरूले जनाएका छन् । गाउँमा समेत बिमा गर्नेको सङ्ख्या बढ्दै गएपछि पछिल्लो पटक नेपालमा बिमा गर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी रहेका छ।
स्रोत: http://www.onlinekhabar.com
No comments:
Post a Comment