
Friday, June 18, 2010
गिर्दो शेयर बजार
वर्ग:
Stock market: Weekly
२०६७/२/३० आइतबार देखी २०६७/३/३ बिहिबार
यस साता नेपाल स्टक एक्स्चेन्जमा १०३ कम्पनिहरुको कारोबार भएको छ जस अनुसार ४५८१ कारोबारबाट १२ करोड ७१ लाख ७४ हजार रुपैया बराबरका ३ लाख ९ हजार ७ सय कित्ता शेयरहरु खरिद बिक्री भएका छन । गत साता ५७९९ कारोबारबाट २५ करोड ९ लाख ६६ हजार रुपैया बराबरका ९ लाख ६६ हजार ६ सय कित्ता शेयरहरु खरिद बिक्री भएका थिए । कारोबार रकममा गत साताको तुलनामा ४९.१३ प्रतिशतले ह्रास आएको हो । कुल कारोबार मध्य 'क' वर्गका कम्पनिहरुको मात्र ५ करोड ७९ लाख रुपैया बराबरको कारोबार भएको छ । यो कुल कारोबारको ४५.५८ प्रतिशत हो । 'क' वर्गका कम्पनिहरुको कारोबार मापन गर्ने सेन्सेटीभ इन्डेक्स अघिल्लो दिनकओ तुलनामा १.२७ अंकले ह्रास भई ११६.४३ अंकमा आइपुगेको छ ।

प्रेशक
www.nepalsharemarket.com
...
Friday, June 18, 2010
Subscribe to:
Posts (Atom)