खोज्नुस

Wednesday, May 26, 2010

नेप्से ओरालो लाग्यो

साताको अघिल्लो दुई दिन झिनो रुपमा बढ्दै मंगलबार दुइ अंकको बृद्दी लिएको शेयर बजार बुधवार एक्कास्सी घटेको छ । मंगलबार राजनीतिक सहमती हुने आशमा १९.८१ ले बढेर ४८२.४४ म बन्द भएको नेप्से बुधवार ३.०४ अंकले घट्दै ४७९.४ मा पुगेको छ ।

बुधवार शेयर बजारमा कुल ११ सय २ कारोबार संख्यामा १४ हजार ४ सय ३० कित्ता शेयर को कारोबार हुँदै ४ करोड ८९ लाख ६ हजार बराबरको कारोबार रकम कायम भएको छ । कारोबार रकमको आधारमा बैंक अफ काठमाडौं, नबिल बैंक, स्ट्यान्डर्ड चारटर्ड बैंक सुचिको अग्रपङतिमा छन ।

कृषि विकास बैंकको साधारण शेयर बाँडफाँड सम्बन्धि सुचना




एडीबीले सात अर्ब ४६ करोड दिने

काठमाडौं, जेठ ११- एसियाली विकास बैंकले नेपाललाई सात अर्ब ४६ करोड रुपैयाँको सहयोग गर्ने भएको छ। हवाई यातायातको क्षमता विकास परियोजनाका लागि पाँच अर्ब ६१ करोड ४३ लाख १० हजार र दक्षिण एसियाली पर्यटन पूर्वाधार विकास परियोजनाका लागि एक अर्ब ८५ करोड २५ लाख ९१ हजार रुपैयाँ अनुदान तथा ऋण सहयोग दिने भएको हो।