खोज्नुस

Friday, June 25, 2010

शून्य भन्सार सुविधा अर्को साताबाट


चीनले नेपाललाई अर्को सातादेखि भन्साररहित बजार सुविधा दिनेभएको छ। विश्वका अति कम विकसित मुलुकको सूचीमा रहेको नेपालसहित विश्वका ३३ मुलुकलाई आगामी असार १७ गतेका दिनदेखि भन्साररहित बजार सुविधा दिन लागिएको चीनको अर्थ मन्त्रालयले जनाएको छ। 
 
शून्य भन्सार सुविधा पाउनेमा नेपालसहित दक्षिण एसियाका बङ्गलादेश र माल्दिभ्स छन्।  
त्यसैगरी २६ अफ्रिकी मुलुकले पनि नेपालसँगै यो सुविधा उपयोग गर्ने अर्थ मन्त्रालयलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यमले जनाएको छ।

तुलनात्मक लाभका वस्तु र सेवा पहिचान


नेपालले निर्यात प्रयोजनका लागि तुलनात्मक लाभ भएका १९ वस्तु पहिचान गरेको छ । उत्पादन क्षमता र अन्तर्राष्ट्रिय बजारका आधारमा वाणिज्य मन्त्रालयले १२ वस्तु र ९ सेवा क्षेत्रको पहिल्याएको हो ।
सम्भावित उत्पादनहरूमा ७ वटा कृषि र कृषिजन्य वस्तु छन् । अलैंची, अदुवा, मह, दाल चिया, चाउचाउ र औषधिजन्य जडिबुटी तुलनात्मक लाभ भएका कृषिजन्य उत्पादनका रूपमा लिइएको छ । पछिल्ला वर्षहरूमा अलैंची, दाल र चियाले राम्रो अन्तर्राष्ट्रिय बजार लिइरहेका छन् । गत वर्ष करिब २ अर्ब रुपैयाँको अलैंची निर्यात भएको थियो भने करिब ४ अर्ब रुपैयाँ बराबरको दाल बंगलादेश मात्रै निर्यात भएको थियो ।

अत्यावश्यक घरजग्गाको मात्र कारोबार



राजधानीमा अत्यावश्यक घरजग्गाको कारोबार मात्र हुन थालेको छ । प्लटिङ गरी बिक्री गर्नेको संख्यामा उच्च गिरावट आएपछि सरकारको राजस्व अघिल्लो वर्षको तुलनामा आधा घटेको छ । 'नगरी नहुने कारोबार मात्र भएका छन्,' मालपोत कार्यालय कलंकीका प्रमुख लुम्बप्रसाद सिवाकोटीले भने ।
अघिल्लो वर्ष यसै समयको कारोबारमा ठूलो हिस्सा हुने 'प्लटिङ' को कारोबार घटेर राजीनामा पास, बकसपत्र जग्गा दर्तालगायत काम मात्र भइरहेका छन् । मालपोत कार्यालयका अनुसार बैंकको ब्याज उच्च भएपछि जग्गा बिक्री गर्नेको संख्या पनि धेरै छ ।