खोज्नुस

Monday, June 7, 2010

नेप्सेमा गिरावट कायमै



साताको दोस्रो दिन पनि शेयर बजारमा  घट्ने क्रमले निरन्तरता पाएको छ । सोमबार शेयर बजारमा फेरी पनि गिरावट देखा परेको छ । अघिल्लो दिनभन्दा ०.१५ अंकको कमी देखाउँदै नेप्से आज ४७८.४९ बिन्दुमा झरेको छ ।

सोमबार शेयर बजारमा कुल ६८ वटा कम्पनिको कारोबार भएका छन जस अनुसार ९९२ कारोबारबाट ७ करोड असि लाख ७५ हजार ४ सय बराबरका ४ लाख ४६ हजार ८ सय ७८ कित्ता शेयर खरिदबिक्री भएका छन । आइतबार भएको कारोबारमा भन्दा आज कारोबार रकम, कारोबार संख्या, कारोबार भएका शेयर संख्या तथा कम्पनी कारोबार संख्या सबैमा कमी आएको छ ।

आजको नेप्से परिसुचकको उत्तारचढाव अनुमान






 पिभट गणना अनुसार 

पीभट  परिसुचक ४७९.०१ अंक

अवरोध १    ४८६.४२   अंक        टेवा १   ४८३.५२  अंक 
अवरोध २    ४८८.०१   अंक         टेवा २  ४८२ .२१   अंक
अवरोध ३  ४८९.६     अंक        टेवा ३  ४८०.६२  अंक



अर्को दिनको कारोवारमा नेप्से परिसुचकमा हुनसक्ने अधिकतम र न्यूनतम घटवढहरु

सम्भावीत अधिकतम   ४८५.७६  अंकदेखी       ४८७.२१   अंक सम्म
सम्भावीत न्यूनतम      ४८६.१९     अंकदेखी      ४८४.७४  अंक सम्म


माथि व्यक्त गरिएको पिभट गणना अन्तर्राष्ट्रिय शेयर बजारहरुमा लोकप्रीय हुने गरेका छन्। नेपालको शेयर बजारमा विभिन्न कमी कमजोरीहरुले गर्दा यो प्रभावकारी हुन सकेको छैन्, यदी केन्द्रीय निक्षेप प्रणाली लागू भएमा यसले लगानीकर्ताहरुलाई शेयर बजार सम्वन्धी विष्लेशण गर्नको लागि धेरै सहयोग गर्ने छ।

यो औजारले आधारभूत विश्लेषणलाई नसमेटीकन प्राविधिक विश्लेषणलाई मात्र केन्द्रीत गर्दछ।


नोट : माथि गरीएको विश्लेषण नेपाल शेयर मार्केट डटकमले आफ्ना प्रयोग कर्ताहरुलाई जानकारीको लागि मात्र प्रस्तुत गरेको हो। यसै विश्लेषणलाई आधारमानि लगानी गर्दा कुने लाभ तथा नोक्सान भएमा त्यसको जिम्मेवार नेपाल सेयर मार्केट टडकम तथा यो सँग सम्वन्धित व्यक्ति तथा संस्था हुने छैन्। विश्लेषणमा कुनै किसिमका कमी कमजोरी हुन गएमा त्यसलाई आगामी दिनहरुमा सुधार गर्ने प्रयत्न गर्ने छौ र हाम्रा कमी कमजोरीहरुलाई प्रयोग कर्ताहरुले औल्याईदिई सहयोग र सुझाव दिन हुन विनम्र अनुरोध गर्दछौ।  

स्वदेशी जलविद्युतलाई पनि बैंक ग्यारेन्टी


 बैंकहरूले ब्याजदर बढाएर त्यसै पनि लगानी अयोग्य भइरहेका बेला ऊर्जा मन्त्रालयले विद्युत् प्राधिकरणसँग खरिद सम्झौता (पिपिए) भएका र हुने क्रममा रहेका कम्पनीले प्रतिकिलोवाट ६ सय रुपैयाँ बैंक ग्यारेन्टी राख्नुपर्ने निर्णय गरेपछि लगानीकर्ता हतोत्साहित भएका छन् ।नयाँ निर्णयअनुसार दस मेगावाटको जलविद्युत् आयोजना गर्नेले अब ६० लाख रुपैयाँ बराबरको जमानतबापत बैंक ग्यारेन्टी राख्नुपर्ने हुन्छ । यो प्रावधानका कारण स्वदेशमा छरिएर रहेका पुँजी संकलन गरी जलविद्युत् आयोजना निर्माण गर्ने लगानीकर्ताहरू हतोत्साहित भएका हुन् । प्राधिकरणले करिब ६० वटा आयोजनाको ३२० मेगावाट बराबरको पिपिए गरिसकेको छ ।