खुलेदेखी लगातार दुइ दिन घट्दै आएको शेयर बजार मंगलबार आएर उकालो लागेको छ । यस दिन शेयर बजार मापन गर्ने नेपालको एकमात्र नेप्से परीसुचक अघिल्लो दिनको तुलनामा ४.२७ अंकले माथी चढ्दै ४८२.७६ बिन्दुमा पुगेको छ ।
मंगलबार शेयर बजारमा कुल ७३ कम्पनिका शेयर कारोबार भएको छ जस अनुसार ११२० कारोबारबाट ५ करोड २८ लाख १६ हजार ५ सय बराबरको २ लाख ५४ हजार ९ सय ९२ कित्ता शेयर खरिद बिक्री भएका छन ।
आज समय ११:३८:५७ देखि नेपाल शेयर मार्केट कम्पनिको अनुरोध अनुसार 'क" वर्गको वणिज्य बैंकको स्तरोन्नतिको कारणले गर्दा अर्को सुचना प्राप्त नभएसम्मको लागी यस कम्पनिको शेयर कारोबार स्थगित गरिएको सुचना प्रकाशन गरिएको छ ।