काठमाडौ, जेष्ठ ९ - स्थानीय बजारमा यस साता सुनको मूल्य उच्च बिन्दुमा पुगेर घट्न थालेको छ । साताको दोस्रो दिन तोलामा ३५ हजार रुपैयाँ नाघेर रकर्ड कायम गरेको मूल्य अन्ततिर ओरालो लागेको हो
गि्रसको आर्थिक संकटले युरोपेली संघअन्तर्गतका मुलुक चिन्तित भएका र त्यसको प्रभाव इटाली, पोर्चुगल र स्पेनमा समेत देखिन थालेको थियो । त्यसबाट आत्तिएका लगानीकर्ताले धमाधम सुनमा लगानी गरेपछि यो साता सुनको मूल्यले रेकर्ड कायम गरेको हो ।