खोज्नुस

Tuesday, June 22, 2010

अस्थिर शेयर बजार



साताको पहिलो दिन सामान्य रुपमा बढेको नेप्से दोस्रो दिन अत्याधिक अंकको गिरावट सँगै ओरालो लागेको थियो तर आज नेप्से फेरी सकरात्मक हुँदै शेयर बजारको अस्थिरताको चित्रण गरेको छ । मंगलवार शेयर बजार मापन गर्ने नेप्से परीसुचक अघिल्लो दिनको तुलनामा १.७९ अंकको बृद्दिसहित   ४७०.४ बिन्दुमा पुगेको छ ।

आज शेयर बजारमा कुल ५७ कम्पनिले कारोबार गरेका छन जस अनुसार १ हजार ६४ कारोबारबाट २ करोड २८ लाख ७८ हजार ६ सय बराबरका ६३ हजार २ सय ४५ कित्ता शेयर खरिद बिक्री भएका छन ।

आजको नेप्से परिसुचकको उत्तारचढाव अनुमान




 पिभट गणना अनुसार 

पीभट विन्दु  ४७०.९१  अंक

       अवरोध १    ४७३.२१      अंक    टेवा १    ४६६.३२      अंक
        अवरोध २    ४७७.८      अंक    टेवा २     ४६४.०२      अंक
         अवरोध ३    ४८२.३९      अंक    टेवा ३      ४५९.५३      अंक



अर्को दिनको कारोवारमा नेप्से परिसुचकमा हुनसक्ने अधिकतम र न्यूनतम घटवढहरु

सम्भावीत अधिकतम   ४७२.०५    अंकदेखी      ४७५.५ अंक सम्म
सम्भावीत न्यूनतम    ४७५.५     अंकदेखी     ४७२.०५ अंक सम्म


माथि व्यक्त गरिएको पिभट गणना अन्तर्राष्ट्रिय शेयर बजारहरुमा लोकप्रीय हुने गरेका छन्। नेपालको शेयर बजारमा विभिन्न कमी कमजोरीहरुले गर्दा यो प्रभावकारी हुन सकेको छैन्, यदी केन्द्रीय निक्षेप प्रणाली लागू भएमा यसले लगानीकर्ताहरुलाई शेयर बजार सम्वन्धी विष्लेशण गर्नको लागि धेरै सहयोग गर्ने छ।

यो औजारले आधारभूत विश्लेषणलाई नसमेटीकन प्राविधिक विश्लेषणलाई मात्र केन्द्रीत गर्दछ।


नोट :  माथि गरीएको विश्लेषण नेपाल शेयर मार्केट डटकमले आफ्ना प्रयोग कर्ताहरुलाई जानकारीको लागि मात्र प्रस्तुत गरेको हो। यसै विश्लेषणलाई आधारमानि लगानी गर्दा कुने लाभ तथा नोक्सान भएमा त्यसको जिम्मेवार नेपाल सेयर मार्केट टडकम तथा यो सँग सम्वन्धित व्यक्ति तथा संस्था हुने छैन्। विश्लेषणमा कुनै किसिमका कमी कमजोरी हुन गएमा त्यसलाई आगामी दिनहरुमा सुधार गर्ने प्रयत्न गर्ने छौ र हाम्रा कमी कमजोरीहरुलाई प्रयोग कर्ताहरुले औल्याईदिई सहयोग र सुझाव दिन हुन विनम्र अनुरोध गर्दछौ।