खोज्नुस

Wednesday, July 7, 2010

नेप्सेको बढ्दो क्रम जारी


आजको दिनको सुरुवात नेप्सेले केही घट्दो क्रमबाट गरेता पनि अहिले आएर केहि सुधार जनाएको छ । नेपाली शेयर बजार मापन गर्ने एकमात्र नेप्से परीसुचक अघिल्लो दिनको तुलनामा ०.९१ अंकको वृद्दी गर्दै ४६४.१५  बिन्दुमा पुगेको छ । जस्मा अहिलेसम्मा २४ वोटा  कम्पनिहरुले आफ्नो उपस्थित जनाइसकेका छन ।

बागेश्वोरी डेभलपमेन्ट बैंक लिमिटेडको बोनस शेयर प्रमाण पत्र बितरण सम्वन्धी सुचना



पन्ध्रौं तथा सोर्हौ बार्षिक साधारण सभा बस्ने सुचना



न्यूयोर्कमा फेरि नेपाली घरजग्गा मेला


नेपालमा विस्तार भइरहेका ब्यबस्थित आबाश बिकाशको बजार नेपालभित्र मात्र हैन् नेपाल बाहिर बसेका नेपालीसम्म पनि छ भन्ने पुष्टी गरिदिएका छन् राजन कर्माचार्यले । नेपालमै पहिलोपटक घरजग्गासम्बन्धी मेला आयोजना गरेको फष्ट काठमाण्डुले अमेरिका र अष्ट्रेलियामा समेत मेलाआयोजना गरेको छ ।
फष्ट काठमाण्डुले सन् २००८ को डिसेम्वर २७ र २८ तारिखमा न्यूयोर्कमा घरजग्गा मेला आयोजना गरेको थियो जसमा करिव सात हजारजति दर्शक आएको प्रवन्ध निर्देशक राजन कर्माचार्यले बताउनुभयो । दुई दिने सो मेलाबाट नेपालका १ सय ७० युनिट घर तथा अपार्टमेन्ट बुकिङ भएको उहाँले जानकारी दिनुभयो । त्यस्तै फष्ट काठमाण्डुले नै सन् २००९ मा अष्ट्रेलियामा पनि दुई दिने मेला आयोजना गरेको थियो ।

नेपालमा लगानीबारे भारतमा भोलि छलफल हुँदै


भारतको अहमवादस्थित गुजरातमा “नेपालमा व्यापार तथा लगानीका अवसरहरु” विषयक कार्यक्रम बुधबार हुने भएको छ ।
भारतस्थित नेपाली राजदुतावास तथा भारतीय उद्योग महासंघ (CII) गुजरात शाखाको पहलमा दुवै देशका सरकारी एवं निजी क्षेत्रका पदाधिकारीहरुको सहभागितामा कार्यक्रमको आयोजना हुन लागेको हो ।
सो कार्यक्रममा भाग लिन नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चण्डिराज ढकालको नेतृत्वमा ६ सदस्यीय महासंघको प्रतिनिधिमण्डल टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ ।

चामलको मूल्य बढ्यो

सँधैझैँ यो वर्षा याममा चामलको भाउ उच्चदरले बढेको छ। व्यापारीका अनुसार विभिन्न चामलमा किलोको ३ देखि १० रुपैयाँसम्म मूल्यवृद्धि भएको छ।


किराना व्यापारी संघ तथा खुद्रा व्यापार संघले उपत्यकामा सोना मन्सुली, मन्सुली, जिरा मसिनो, बास्मतीलगायत चामलको मूल्य एक महिनामा अकासिएको जनाएका छन्। 'जेठसम्म चामलको भाउ स्थिर नै थियो,' किराना व्यापारी संघका उपाध्यक्ष पुरुषोत्तम मानन्धरले भने, 'असार लागेपछि मूल्य बढेको बढ्यै छ।' 

जता भीड, उतै मोबाइल टावर

 धेरै भीडभाड भएको ठाउँ वरिपरि मोबाइल टेलिफोनबाट कुराकानी हुनसक्नु भनेको ठूलो जीत हात लागे सरह हुन्छ। अझ जुलुश र आमसभा भएको ठाउँमा टेलिफोन लाग्दै लाग्दैन। लागिहाले पनि कुराकानी नबुझिने, बीचमै काटिनु सामान्य भैसकेको छ।


यस्तो समस्यालाई समाधान गर्न सरकारी स्वामित्वको नेपाल टेलिकमले गाडीमै राख्ने मोबाइलको बेस ट्रान्सिभर स्टेसन (बिटिएस) टावर किन्ने निर्णय गरेको छ। १६ वटा बिटिएस सहितको गाडी किनेर भीडभाड बढी हुने र कुनै कारणले बिटिएस डाउन भएको अवस्थामा परिचालन गर्ने तयारी टेलिकमको छ। 

आजको नेप्से परिसुचकको उत्तारचढाव अनुमान


 पिभट गणना अनुसार 

पीभट विन्दु ४६२.२ अंक


       अवरोध १  ४६५.४       अंक     टेवा १    ४६०.५    अंक
        अवरोध २   ४६७.१      अंक     टेवा २    ४५७.३   अंक
         अवरोध ३  ४६८.८       अंक     टेवा ३    ४५५.६    अंक



अर्को दिनको कारोवारमा नेप्से परिसुचकमा हुनसक्ने अधिकतम र न्यूनतम घटवढहरु

सम्भावीत अधिकतम   ४६३.८    अंकदेखी    ४६६.२५  अंक सम्म
सम्भावीत न्यूनतम    ४६१.५५  अंकदेखी    ४५९.१  अंक सम्म


माथि व्यक्त गरिएको पिभट गणना अन्तर्राष्ट्रिय शेयर बजारहरुमा लोकप्रीय हुने गरेका छन्। नेपालको शेयर बजारमा विभिन्न कमी कमजोरीहरुले गर्दा यो प्रभावकारी हुन सकेको छैन्, यदी केन्द्रीय निक्षेप प्रणाली लागू भएमा यसले लगानीकर्ताहरुलाई शेयर बजार सम्वन्धी विष्लेशण गर्नको लागि धेरै सहयोग गर्ने छ।

यो औजारले आधारभूत विश्लेषणलाई नसमेटीकन प्राविधिक विश्लेषणलाई मात्र केन्द्रीत गर्दछ।


नोट :  माथि गरीएको विश्लेषण नेपाल शेयर मार्केट डटकमले आफ्ना प्रयोग कर्ताहरुलाई जानकारीको लागि मात्र प्रस्तुत गरेको हो। यसै विश्लेषणलाई आधारमानि लगानी गर्दा कुने लाभ तथा नोक्सान भएमा त्यसको जिम्मेवार नेपाल सेयर मार्केट टडकम तथा यो सँग सम्वन्धित व्यक्ति तथा संस्था हुने छैन्। विश्लेषणमा कुनै किसिमका कमी कमजोरी हुन गएमा त्यसलाई आगामी दिनहरुमा सुधार गर्ने प्रयत्न गर्ने छौ र हाम्रा कमी कमजोरीहरुलाई प्रयोग कर्ताहरुले औल्याईदिई सहयोग र सुझाव दिन हुन विनम्र अनुरोध गर्दछौ।