खोज्नुस

Thursday, June 3, 2010

नेप्सेमा निरन्तर सुधार


बिहिबार शेयर बजार अघिल्लो दिनको क्रमलाई निरन्तरता दिँदै उकालो लागेको छ । यस हप्ताको सुरुवातमा तीन पटक सर्किट ब्रेकर लागेको नेप्से अन्तिम दिनमा पनि सकरात्मक नै रहयो । हिजोको भन्दा १.८६  अंकले बढेर नेप्से आज ४८२.३४ मा आएर बन्द भएको छ । नेप्सेमा यस प्रकारको बृद्दी देखिनुमा मुख्यतया बैंकइङ समुह र वीमा समुहमा  आएको बृद्दी नै हो ।
हिजोको तुलनामा आज शेयर बजारमा कारोबार संख्या, कारोबार भएका शेयर कित्ता  संख्या, कारोबार भएका कम्पनी र कारोबार रकम सबै नै बढेका छन ।

नेपाली सेतो चियाको माग युरोपमा



इलाममा , उत्पादित ह्वाइट टी (सेतो चिया)को माग युरोपेली बजारमा बढेको छ। ह्वाइट टी तयार गर्ने नेपालको एक्लो उद्योग हिमालयन सांग्रिलाले मागअनुसारको उत्पादन गर्न नसकेको जनाएको छ।  साँखेजुङस्थित हिमालयन सांग्रिला टी प्रोड्युसर्स प्रालिका सञ्चालक समिति सदस्य कमल मैनालीले अन्तर्राष्ट्रिय बजारमा प्रसिद्धी कमाएको चिनियाँ ह्वाइट टीभन्दा उच्च पहाडी क्षेत्रमा उत्पादित साँखेजुङको ह्वाइट टी उपभोक्ताहरुले मन पराउन थालेको बताए। 'यहाँको ह्वाइट टी जर्मनीमार्फत युरोप र अमेरिकामा खपत भइरहेको छ। माग बढेकाले उत्पादन पनि बढाउन पनि कोसिस गरिरहेका छौं,' उनले भने। 

सुन तोलामा ३६ हजार नाघ्यो


विवाहको तयारीमा हुनुहुन्छ भने सुन बजारले तपाईलाई केही निराश बनाउन सक्छ । एकपछि अर्को गर्दै  बुधबार सुनको मूल्य प्रतितोला ३६ हजार रुपैयाँ नाघेको छ । बुधबार नेपाली बजारमा प्रति १० ग्राम सुन ३० हजार ९ सय १० रुपैयाँमा कारोबार भयो । यसअनुसार प्रतितोला सुनको मूल्य ३६ हजार ५० रुपैयाँ हुन्छ ।गत साता पहेंलो धातुको मूल्य प्रति १० ग्राम ३० हजार १ सय ८० रुपैयाँ थियो । सोमबारसम्म स्थिर रहेको मूल्य मंगलबार र बुधबारमा ७ सय रुपैयाँ बढेको छ ।