खोज्नुस

Wednesday, June 9, 2010

शेयर बजारमा सुधार



साताको सुरुको दुइ दिन घटेतापनी हिजो बाट सुधार उन्मुख भएको शेयर बजारमा आज पनि सोही क्रमले निरन्तरता पएको छ । बुधबार नेपालको शेयर बजार मापन गर्ने एकमात्र नेप्से परीसुचक ३.८४ अंकले उकालो लाग्दै ४८६.६ बिन्दुमा पुगेको छ ।

बुधबार शेयर बजारमा कुल ७३ वटा कम्पनिको शेयर कारोबार भएका छन जस अनुसार १ हजार २३ कारोबारबाट ३ करोड ५१ लाख ६७ हजार ५ सय बराबरका ८०  हजार ७ सय ९० कित्ता शेयर खरिदबिक्री भएका छन ।अघिल्लो  दिनको तुलनामा आज कारोबार भएका कम्पनि,शेयर संख्या र कारोबार रकम सबै नै बढी छन ।

सुनको मूल्य अर्को रेकर्डमा

विवाहका लागि सुन किन्ने योजना बनाएका उपभोक्ताले सुनका लागि बजेट बढाउनुपर्ने भएको छ । दुई सातादेखि लगातार बढेको सुनको मूल्यले मंगलबार फेरि नयाँ रेकर्ड कायम गरेको हो । सुन मूल्य निर्धारणको जिम्मा पाएको सुनचाँदी व्यवसायी संघका अनुसार मंगलबार प्रतितोला सुनको मूल्य ३६ हजार २ सय -प्रतिदस ग्राम ३१ हजार ३५) रुपैयाँ पुगेको छ । यो मूल्यले गत बुधवारको रेकर्ड तोडेको हो । गत बुधबार प्रतितेला सुनको मूल्य ३६ हजार ५० -दस ग्राममा ३० हजार ९ सय १०) रुपैयाँ थियो  मंगलबार सोमबारभन्दा तोलामा ५ सय ५० रुपैयाँ बढेर सुनको मूल्य निर्धारण भएको हो । सोमबार प्रतितोला सुनको मूल्य ३५ हजार ६ सय ५० -प्रतिदस ग्राममा ३० हजार ५ सय ६५) रुपैयाँ कायम भएको थियो ।