खोज्नुस

Tuesday, July 6, 2010

दिनको अन्त्यमा नेप्सेमा सुधार

लगातार  दुई दिनदेखि घट्दै आएको शेयर बजार मंगलवार आएर उकालो लागेको छ ।अघिल्लो दिनहरु भन्दा २.५४ अंकले सुधार हुँदै आज दिनको अन्त्य सम्ममा  नेप्से ४६३.२४ बिन्दुमा उक्लेको छ

आज मंगलवार शेयर बजारमा कुल ६१ वटा कम्पनिको कारोबार भएका छन जस अनुसार 590 कारोबारबाट २ करोड १२ लाख ४२ हजार ६ सय १४ बराबरका ३९ हजार ६ सय ५२  कित्ता शेयर खरिदबिक्री भएका छन । 

नेप्सेको गिरावोटमा जारी



आइतबारदेखि निरन्तर ओरालिएको शेयर बजारमा आज पनि सुधार आउन सकिरहेको छैन । आज कारोबार भएदेखिनै  नेप्सेले घट्ने क्रम जारी सुरु गरिसकेको छ ।अहिलेसम्मा २५ वोटा कम्पनिहरुले उपस्थित जनाइसकेका छन । जसमा १० वोटा कम्पनिहरु घट्दो क्रममा छन् ।

आजको नेप्से परिसुचकको उत्तारचढाव अनुमान



 पिभट गणना अनुसार 

पीभट विन्दु ४६१.४७ अंक


       अवरोध १   ४६४. १४      अंक     टेवा १    ४५८. ०४   अंक
       अवरोध २   ४६७. ५७      अंक     टेवा २    ४५५. ३७   अंक
         अवरोध ३   ४७१.       अंक     टेवा ३    ४५१. ९४   अंक



अर्को दिनको कारोवारमा नेप्से परिसुचकमा हुनसक्ने अधिकतम र न्यूनतम घटवढहरु

सम्भावीत अधिकतम   ४६२. ८    अंकदेखी     ४६५. ८५ अंक सम्म
सम्भावीत न्यूनतम    ४६३.९५ अंकदेखी     ४६०.९ अंक सम्म


माथि व्यक्त गरिएको पिभट गणना अन्तर्राष्ट्रिय शेयर बजारहरुमा लोकप्रीय हुने गरेका छन्। नेपालको शेयर बजारमा विभिन्न कमी कमजोरीहरुले गर्दा यो प्रभावकारी हुन सकेको छैन्, यदी केन्द्रीय निक्षेप प्रणाली लागू भएमा यसले लगानीकर्ताहरुलाई शेयर बजार सम्वन्धी विष्लेशण गर्नको लागि धेरै सहयोग गर्ने छ।

यो औजारले आधारभूत विश्लेषणलाई नसमेटीकन प्राविधिक विश्लेषणलाई मात्र केन्द्रीत गर्दछ।


नोट :  माथि गरीएको विश्लेषण नेपाल शेयर मार्केट डटकमले आफ्ना प्रयोग कर्ताहरुलाई जानकारीको लागि मात्र प्रस्तुत गरेको हो। यसै विश्लेषणलाई आधारमानि लगानी गर्दा कुने लाभ तथा नोक्सान भएमा त्यसको जिम्मेवार नेपाल सेयर मार्केट टडकम तथा यो सँग सम्वन्धित व्यक्ति तथा संस्था हुने छैन्। विश्लेषणमा कुनै किसिमका कमी कमजोरी हुन गएमा त्यसलाई आगामी दिनहरुमा सुधार गर्ने प्रयत्न गर्ने छौ र हाम्रा कमी कमजोरीहरुलाई प्रयोग कर्ताहरुले औल्याईदिई सहयोग र सुझाव दिन हुन विनम्र अनुरोध गर्दछौ।

घरजग्गाको समस्या गहिरिँदो


लगानीको अभाव र सुस्ताएको कारोबारले अपार्टमेन्ट र हाउजिङ व्यवसाय लगभग ठप्प भएको छ । पछिल्लो ८ महिनादेखि कारोबार खुम्चिएको रियलस्टेट क्षेत्रमा नयाँ प्रोजेक्टका लागि अनुमति लिनेको संख्यामा उच्च गिरावट आएको छ ।
वैशाखदेखि सामूहिक आवास -हाउजिङ) र जग्गा विकास (प्लटिङ) का लागि काठमाडौं उपत्यका नगर विकास समितिमा कुनै कम्पनीले अनुमति लिएका छैन । संयुक्त आवास -अपार्टमेन्ट) का लागि भने एक कम्पनीले अनुमति लिएको छ । अघिल्लो वर्षको यही समयमा ३ अपार्टमेन्ट र एक/एक हाउजिङ र प्लटिङका लागि अनुमति लिइएको थियो ।

वैदेशिक रोजगार नीतिको मस्यौदा तयार


आफ्ना नागरिक वैदेशिक रोजगारीमा जान थालेको एक सय ९२ वर्षपछि सरकारले पहिलोपटक यसबारे नीति ल्याउँदै छ । त्यसका लागि श्रम मन्त्रालयमा नीतिको मस्यौदालाई अन्तिम रूप दिने काम भइरहेको छ ।
सरकारले सुरक्षित रोजगारलाई जोड दिँदै 'श्रम आप्रवासन नीति, २०६७' जारी गर्न लागेको हो । आप्रवासन श्रम नीति ल्याउने विषयमा श्रम मन्त्रालयले पाँच वर्षअघिदेखि छलफल गर्दै आएको थियो । 'यो विषयको मस्यौदा अन्तिम रूपमा छलफल चलिरहेको छ,' श्रम मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईले भने, 'यसलाई छिट्टै टुंगो लगाइनेछ ।' 
अहिले वैदेशिक रोजगारीमा कानुनी र गैरकानुनी गरी झन्डै ३० लाख नेपाली कामदार कार्यरत छन् ।

बैंकहरूको नाफा १५ अर्ब नाघ्ने


पछिल्लो ६ महिना चरम तरलता अभावको समाना गरे पनि चालू आर्थिक वर्षमा वाणिज्य बैंकहरूको नाफा नघट्ने देखिएको छ । असार दोस्रो सातासम्म नेपाल राष्ट्र बैंकले संकलन गरेको तथ्यांकको आधारमा वाणिज्य बैंकहरूको कुल नाफा १५ अर्ब नाघ्ने देखिएको छ ।
वर्षको पहिलो ६ महिनामा भएको उल्लेख्य कर्जा प्रवाहका कारण यो वर्ष नाफा नघटेको राष्ट्र बैंक स्रोतले जनाएको छ । 'यस वर्ष वाणिज्य बैंकहरूको नाफा १५ अर्ब नाघ्ने देखिन्छ,' केन्द्रीय बैंकका एक उच्च अधिकारीले भने । देशभर २७ वाणिज्य बैंक सञ्चालित छन् ।
वाणिज्य बैंकहरूले साउनदेखि पुससम्ममा करिब ७० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यससँगै माघयता बढेको ब्याजदरले पनि बैंकहरूलाई यस वर्ष सन्तोषजनक अवस्थामै राख्नेछ । केन्द्रीय बैंकको अनुमानअनुसार नाफा हुने हो भने यो रकम गत वर्षको भन्दा १ अर्ब रुपैयाँ बढी हुनेछ । गत वर्ष वाणिज्य बैंकहरूको कुल नाफा १४ अर्ब रुपैयाँ थियो ।
यस वर्षको चैतसम्ममा बैंकहरूको नाफा १० अर्ब ३१ करोड रुपैयाँ छ । माघदेखि चैतसम्म यो नाफा करिब ३ अर्ब रुपैयाँले बढेको छ । 'चौथो त्रैमासिकमा असुली बढ्ने र ब्याजदरमा पनि वृद्धि भएकाले बैंकहरूले ५ अर्ब रुपैयाँ नाफा आर्जन गर्नसक्ने देखिन्छ,' राष्ट्र बैंक स्रोतले भन्यो । यता बैंकरहरूले भने नाफाबारे अहिल्यै अनुमान गर्न नसकिने बताएका छन् । 'पहिलो ६ महिनाभन्दा दोस्रो ६ महिनामा घट्न सक्ने अनुमान गरेका छौं,' बैंकर्स संघका अध्यक्ष ससिन जोशीले भने, 'तर अहिल्यै भन्न सकिँदैन ।'

बैंकले कर्जा असुलीमा दवाब दिन थालेपछि ऋणका घरजग्गा बिक्रीमा

लामो समयसम्म मूल्य नबढेको अवस्थामा बैंकहरुले ऋण तिर्न ताकेता गरेपछि काठमाडौं उपत्यकाका अधिकांश व्यवसायीले घरजग्गा बिक्रीमा राखेका छन्। आर्थिक वर्षको अन्तमा बैंक तथा वित्तीय संस्थाले कर्जा असुलीमा दबाब दिन थालेपछि रियलस्टेट व्यवसायी र कतिपय व्यक्तिले घरजग्गा बेच्न बिक्रीमा राखेका हुन्।
  ‘विगतमा भन्दा अहिले घरजग्गा बेच्ने करिव ४० प्रतिशतले बढेका छन्,' पञ्चकन्या रियलस्टेटका श्रीप्रसाद कडरियाले भने ‘किन्नेभन्दा बेच्ने व्यक्ति धेरै छन्। कतिपयले मुल्य घटेर पनि बेचिदिन आग्रह गर्छन्।' उनले बैंक तथा वित्तिय संस्थाले कर्जा असुलीमा कडाइ गर्न थालेकाले घरजग्गा बेच्न हतारिने संख्या धेरै भएको बताए।

तेलको मूल्य बढ्ने

नेपाल आयल निगमले तेलको मूल्य बढाउने भएको छ। अन्तर्ष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि निगम घाटामा गएको जनाउँदै मूल्य बढाउन लागेको हो। निगमको बोर्ड बैठक मूल्य बढाउन केन्द्रित रहेको निगमका एक कर्मचारीले बताए।


निगम स्रोतका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको केही मूल्यवृद्धि हुनेछ। भारतमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि मूल्य बढाउन दबाब परेको थियो। भारतको मूल्यवृद्धि पछि सीमा क्षेत्रमा भारतको भन्दा पेट्रोल र डिजेल सस्तो भएको थियो भने नेपालबाट भारततर्फ तेल जाने गरेको थियो।