
साताको अन्तिम दिन बिहिबारपनी शेयर बजारमा सुधार आउन सकेन । बुधवारकै घट्दो लयलाई पच्छ्याउदै बिहीवार नेप्से परीसुचक अघिल्लो दिनको तुलनामा ४.१५ अंकको गिरावट खेप्दै ४६३.६५ को बिन्दुमा पुगेको छ । यस साता नेप्सेमा निकै आरोह अवरोह देखिएतापनी अन्तत: नेप्सेमा सकरात्मक संकेत भने देखा परेन ।
बिहीवार शेयर बजारमा कुल ७० कम्पनिले कारोबार गरेका छन जस अनुसार ११९७ कारोबारबाट २ करोड ८० लाख ४१ हजार ३ सय बराबरका ७२ हजार २३ कित्ता शेयर खरिद बिक्री भएका छन । अघिल्लो दिनको तुलनामा आजका शेयर संख्या, कारोबार संख्या तथा कुल कारोबार रकममा थोरै मात्र कमी आएतापनी नेप्से भने ठुलो अन्तरले तल झरेको छ ।