खोज्नुस

Friday, June 11, 2010

मुद्रास्फीति ११ प्रतिशत नजिक


यस आर्थिक वर्षमा औसत १० दशलमव ६ प्रतिशतले बजार भाउ बढ्ने प्रक्षेपण राष्ट्र बैंकले गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा उल्लेख गर्न मागिएको प्रक्षेपणमा केन्द्रीय बैंकले अर्थ मन्त्रालयलाई मूूल्य वृद्धि दोहोरो अंकमै रहने जानकारी दिएको हो ।
चालू आर्थिक वर्षको पहिलो ९ मध्ये ६ महिनामा दोहोरो अंकले बजार मूल्य बढेको छ । 'यस वर्ष पनि मुद्रास्फीति दोहोरो अंकमै रहने देखिन्छ,' अर्थ मन्त्रालयका एक उच्च अधिकारीले भने । गत वर्ष १३ दशलमव २ प्रतिशतले बजार भाउ बढेकामा यस वर्ष करिब थप ११ प्रतिशतले बढ्दा सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ ।