खोज्नुस

Friday, July 9, 2010

विश्वको आर्थिक बृद्धिदर बढ्ने अनुमान

अन्तर्राष्ट्रिय मुद्रा कोष(आइएमएफ)ले विश्वको आर्थिक वृद्धिदर बढ्ने अनुमान गरेको छ।कोषले यो वर्ष विश्वव्यापी आर्थिक वृद्धिदर ४ दशमलव ६ प्रतिशत रहने अनुमान गरेको छ। गतवर्ष विश्वव्यापी रुपमा आर्थिक वृद्धिदर ४ दशमलव २ प्रतिशत रहेको थियो।
यो वर्षको पहिलो त्रैमासिकमा आर्थिक क्षेत्र बलियो देखिएको थियो। यसमा सबैभन्दा बढी एसियाको अर्थतन्त्रमा आएको सुधारले आर्थिक वृद्धिदर बलियो भएको हो। बेलायतको आर्थिक वृद्धिदर पहिला गरिएको अनुमानलाई सच्याउँदै कम हुने कोषले जनाएको छ। यही अवधिमा विकसित मुलुकको अर्थव्यवस्था अझै सुस्त हुने कोषले जनाएको छ। कोषले विकसित मुलुक मन्दीबाट भने बाहिर आइरहेको दाबी छ। कोषले आर्थिक संकटको बादल अझै मडारिरहेको चेतावनी दिएको छ। 

ग्रिस र युरोप अन्य विकसित मुलुकको सरकारी खर्च नियन्त्रण गर्ने चुनौती रहेको कोषले जनाएको छ। दक्षिण एसियामा भारतको आर्थिक वृद्धिदर ९ दशमलव ४ र चीनको १० दशमलब ५ प्रतिशत रहने कोषको अनुमान छ।