खोज्नुस

Friday, May 21, 2010

सेयर बजारमा दोस्रो दिन वृद्धि


काठमाडौ, जेष्ठ ६ - साताको चौथो दिन नेपाल स्टक एक्सचेन्ज परिसूचक ५ दशमलव ५२ अंकले बढेको छ । यो वृद्धिपछि परिसूचक ४ सय ५४ दशमलव १२ बिन्दुमा पुगेको छ । वाणिज्य बैंकका सेयरमा आएको वृद्धिका कारण परिसूचक बढेको हो ।





वाणिज्य बैंक समूह ७ दशमलव ४७ अंकले बढेको छ । जलविद्युत् समूह पनि ७ दशमलव ३ अंकले बढेको छ । वित्त समूह ३ दशमलव ०७, विकास बैंक समूह ६ दशमलव १२ अंकले बढेका छन् । अन्य समूह सबैभन्दा धेरै ८ दशमलव २२ अंकले घटेको छ । व्यापार समूह भने ३ अंकले झरेको छ । त्यस्तै बिमा समूहमा शून्य दशमलव ४६ अंकको गिरावट छ । दिनभर २ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । सबैभन्दा धेरै कारोबार स्ट्यान्डर्ड चार्टर्ड बैंकका सेयरले गरेका थिए ।
प्रभु फाइनान्स कम्पनी, सानिमा विकास बैंक, आईसीएफसी बित्तीय संस्था, लुम्बिनी बैंक र बैंक अफ एसिया नेपालका सेयरधनीले धेरै कमाएका
थिए । हिमचुली विकास बैंक, पाथीभरा विकास बैंक, मध्यमाञ्चल ग्रामीण विकास बैंक, नेपाल श्रीलंका मर्चेन्ट बैंक र एक्सेल डेभलपमेन्ट बैंकका सेयरधनीले धेरै गुमाएका छन् ।

No comments:

Post a Comment