
साताको सुरुवात देखिनै घट्दै आएको नेप्से अन्तिम दिन पनि घट्ने क्रममा नै रहयो । बिहिबार नेप्से अघिल्लो दिनको तुलनामा ०.५४ अंकले ओरालो लाग्दै कारोबार बन्द हुँदासम्ममा ४७४.६३ बिन्दुमा पुगेको छ ।
शेयर बजारमा आज कुल ५५ वटा कम्पनिको शेयर खरिद बिक्री भएको छ जस अनुसार ७३२ वटा कारोबारबाट १ करोड ८१ लाख ५९ हजार बराबरका ४५ हजार ८ सय ३३ कित्ता शेयर किनबेच भएका छन । बुधवार भन्दा आज कम्पनी कारोबार संख्या कम भएपनी कारोबार संख्या, कारोबार रकम र कारोबार भएका शेयर संख्या बढी नै छन ।
शेयर कारोबार भएका ५५ कम्पनी हरुमा कमाउने कम्पनी संख्या २२ र गुमाउने कम्पनी संख्या २६ रहेका छन भने बाँकी ७ कम्पनिको शेयर मुल्यमा केहि पनि परिवर्तन आएको छैन । रु.१९ कमाउदै कमाउने कम्पनिको अग्रस्थानमा लक्ष्मी बैंक लिमिटेड रहेको छ भने रु.१४ गुमाउदै रोयल मर्चेन्ट बैंक यान्ड फाइनान्स गुमाउने कम्पनी सुचिको अग्रस्थानमा रहेको छ ।
शेयर बजार मापन गर्ने नेप्से परीसुचक संगसंगै हिजो उकालो लागेको 'क' वर्गका कम्पनिहरुको कारोबार अवस्था सुचित गर्ने सेन्सिटिव परीसुचक आज भने ०.१ अंकले ओरालो लागेको छ । त्यस्तै गरी बाणिज्य बैंक समुह ०.७९, विकास बैंक समुह २.९९ र वित्तिय समुह १.५६ अंकले घटेका छन । शेयर बजारमा मन्दी आएपनी केहि समुहमा भने सुधार आएको छ । जलबिधुत समुह्, वीमा समुह र अन्य समुहमा क्रमस: ०.७३, २.५ र १.१८ अंकको बृद्दी देखिएको छ ।
No comments:
Post a Comment