संघका अनुसार साताको पहिलो दिन आइतबार प्रतितोला सुनको मूल्य ३५ हजार ४ सय र प्रतिदस ग्राममा ३० हजार ३ सय ५० रुपैयाँ कायम भएको थियो । शुक्रबार प्रतितोला सुनको मूल्य ३५ हजार १ सय -दस ग्राममा ३० हजार ९५० रुपैयाँ) कायम भएको थियो।
यस साताको दोस्रो दिन सोमबार प्रतिदस ग्राम सुनको मूल्य ३० हजार ४ सय ३५ रुपैयाँ कायम भएको थियो । मंगलबार घटेर दस ग्राममा ३० हजार ३ सय ५० रुपैयाँ कायम भयो । बुधबार अझ ओरालो लागेर दस ग्राम सुन ३० हजार १ सय ८० रुपैयाँमा किनबेच भएको थियो । बिहीबार दस ग्राम सुनको बजार मूल्य ३० हजार ३ सय ५ रुपैयाँ कायम भयो ।
यस साता चाँदीको भाउ पनि घटेको छ । आइतबार प्रतिदस ग्राम चाँदीको मूल्य ४ सय ८० रुपैयाँ रहेकोमा शुक्रबार घटेर दस ग्राममा ४ सय ७३ रुपैयाँ निर्धारण भयो
No comments:
Post a Comment