काठमाडौ, जेष्ठ ९ - स्थानीय बजारमा यस साता सुनको मूल्य उच्च बिन्दुमा पुगेर घट्न थालेको छ । साताको दोस्रो दिन तोलामा ३५ हजार रुपैयाँ नाघेर रकर्ड कायम गरेको मूल्य अन्ततिर ओरालो लागेको हो
गि्रसको आर्थिक संकटले युरोपेली संघअन्तर्गतका मुलुक चिन्तित भएका र त्यसको प्रभाव इटाली, पोर्चुगल र स्पेनमा समेत देखिन थालेको थियो । त्यसबाट आत्तिएका लगानीकर्ताले धमाधम सुनमा लगानी गरेपछि यो साता सुनको मूल्यले रेकर्ड कायम गरेको हो ।
सोमवार अन्तर्राष्ट्रिय बजारमा समेत नयाँ रेकर्ड कायम भयो,' नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने, 'जसले स्थानीय बजारमा बहुमूल्य धातुको मूल्य सोमबार तोलामा ३५ हजार रुपैयाँ नाघ्यो ।'
स्थानीय बजारमा आइतबार प्रतितोला सुनको मूल्य ३४ हजार ५ सय ६० (१० ग्राममा २९ हजार ६ सय ३०) रुपैयाँ कायम भएको थियो । सोमबार अघिल्लो दिनभन्दा बढेर प्रतितोला मूल्य ३५ हजार २ सय ५४ (१० ग्राममा ३० हजार २ सय २५) रुपैयाँ कायम भयो । सोमबार अन्तर्राष्ट्रिय बजारमा प्रतिआउन्स मूल्य १ हजार २ सय ३७ डलर पुगेर रेकर्ड कायम गरेको थियो ।
मंगलबारदेखि गि्रस संकट सुधारोन्मुख देखिएपछि लगानीकर्ताको चाप घटेकाले सुनको मल्य तल र्झन थालेको हो । 'मंगलबारपछि मूल्यमा लगातार गिरावट आएको छ,' शाक्यले भने, 'तर नेपाली रुपैयाँको दाँजोमा डलर मजबुद भएकाले सुनको मूल्य अन्तर्राष्ट्रिय बजारको तुलनामा घटेन ।'
सोमबार एक डलरको सहटी मल्य ७१ रुपैयाँ रहेकोमा साताको अन्तिममा १ डलरको ७५ रुपैयाँ पुगेको उनले बताए । डलर मजबुद हुँदा नेपाली रुपैयाँमा खरिद गर्ने उपभोक्ताले सुन किन्दा बढी खर्चनुूपर्छ ।
'डलर र नेपाली रुपैयाँको सटहीदर समान भएको भए सोमबारको दाँजोमा शुक्रबार सुनको भाउ तोलामा १ हजार ३ सय रुपैयाँले घट्ने थियो,' उनले भने ।
अन्तर्राष्ट्रिय बजारमा आइतबार प्रतिआउन्स सुनको मूल्य १ हजार २ सय ३३ डलर कायम भएको थियो । शुक्रबार घटेर आउन्समा १ हजार १ सय ७४ डलर पुग्यो ।
स्थानीय बजारमा मंगलबार पहेंलो धातुको प्रतिदस ग्राम मल्य २९ हजार ९ सय २५ रुपैयाँ कायम भयो । बुधबार घटेर दस ग्राम सुन २९ हजार ७ सय रुपैयाँमा
किनबेच भयो । बिहीबार यो मू्ल्य २९ हजार ६ सय ८५ रुपैयाँ कायम भयो भने शुक्रबार दस ग्राम सुन २९ हजार ६ सय २५ रुपैयाँमा किनबेच भयो ।
यस्तै, जेठ महिना लागेपछि बिहेको मौसम पनि सुरु भएकाले स्थानीय बजारमा सुनको व्यापार भने बढेको व्यवसायी बताउँछन् । शाक्यले अहिले दैनिक १५ किलोको हाराहारीमा सुन बिक्री हुने गरेको जनाए । यसअघि दैनिक १० किलोभन्दा कम सुन बिक्री हुन्थ्यो ।
स्रोत्:http://www.ekantipur.com, २४ मे,२०१०
No comments:
Post a Comment