खोज्नुस

Wednesday, May 26, 2010

नेप्से ओरालो लाग्यो

साताको अघिल्लो दुई दिन झिनो रुपमा बढ्दै मंगलबार दुइ अंकको बृद्दी लिएको शेयर बजार बुधवार एक्कास्सी घटेको छ । मंगलबार राजनीतिक सहमती हुने आशमा १९.८१ ले बढेर ४८२.४४ म बन्द भएको नेप्से बुधवार ३.०४ अंकले घट्दै ४७९.४ मा पुगेको छ ।

बुधवार शेयर बजारमा कुल ११ सय २ कारोबार संख्यामा १४ हजार ४ सय ३० कित्ता शेयर को कारोबार हुँदै ४ करोड ८९ लाख ६ हजार बराबरको कारोबार रकम कायम भएको छ । कारोबार रकमको आधारमा बैंक अफ काठमाडौं, नबिल बैंक, स्ट्यान्डर्ड चारटर्ड बैंक सुचिको अग्रपङतिमा छन ।


 त्यस्तै शेयर किनबेच भएका ७५ कम्पनिहरुमध्य ४१ कम्पनिहरुले कमाएका छन्,२६ कम्पनिहरुले गुमाएक छन र ७ कम्पनिहरु यथावत  नै रहेका छन । अघिल्लो दिनको तुलनमा ९.८८ प्रतिशत कमौदै क्लिन इनर्जी बैंक कमाउने कम्पनिहरुको सुचिमा अग्रपङतिमा छ भने ३२.९३ प्रतिशत गुमाउदै यती फाइनान्स कम्पनी लि. सबैभन्दा धेरै गुमाउने कम्पनी भएको छ ।
बाणिज्य बैंक समुह र अन्य समुह मा आएको गिरावट्ले गर्दा नेप्सेमा नकरात्मक असर परेको देखिन्छ । जलबिधुत समुह्,विकास बैंक समुह्, होटल समुह्, वित्तिय समुह र विमा समुह मा थोरै मात्र  वृद्दी भए पनि व्यापार समुह र उत्पादक समुह मा केहि पनि परिवर्तन भएको छैन । सुधारोन्मुख भएको शेयर बजारमा आर्थीक सुचक हरुको कम्जोर अवस्था जनाउने आज राष्ट्र बैंकद्वार प्रकाशित देश्को वर्तमान आर्थीक स्थिती प्रतिवेदनले पनि केहि रुपमा प्रतिकुल असर परेको देखिन्छ ।   

No comments:

Post a Comment