Tuesday, June 8, 2010
नेप्से उकालो लाग्यो
वर्ग:
Stock market
खुलेदेखी लगातार दुइ दिन घट्दै आएको शेयर बजार मंगलबार आएर उकालो लागेको छ । यस दिन शेयर बजार मापन गर्ने नेपालको एकमात्र नेप्से परीसुचक अघिल्लो दिनको तुलनामा ४.२७ अंकले माथी चढ्दै ४८२.७६ बिन्दुमा पुगेको छ ।
मंगलबार शेयर बजारमा कुल ७३ कम्पनिका शेयर कारोबार भएको छ जस अनुसार ११२० कारोबारबाट ५ करोड २८ लाख १६ हजार ५ सय बराबरको २ लाख ५४ हजार ९ सय ९२ कित्ता शेयर खरिद बिक्री भएका छन ।
अघिल्लो दिनको तुलनामा आज कम्पनी कारोबार संख्या, कारोबार संख्या र कारोबार भएका शेयर संख्या सबै नै बढी भएपनी कारोबार रकम भने कम छ ।यसरि शेयर बजारमा परिवर्तन आउनुमा कुनै खास कारण नरहेको बरु शेयर खरिद बिक्री चापमा सामान्य रुपमा तल माथि हुनु नै हो भन्ने बिज्ञहरुको भनई रहेको छ ।
आज शेयर कारोबार भएका कुल ७३ कम्पनिमा ३७ वटा कम्पनी फाइदामा गएका छन्, त्यस्तै २२ वटा कम्पनी घाटामा गएका छन भने बाँकी १४ कम्पनी यथस्थितिमा नै रहेका छन । रु.३० कमाउँदै लुम्बिनी फाइनान्स लिमिटेड कमाउँने कम्पनिको अग्रस्थानमा छ भने गुमाउँने कम्पनिहरुमा अग्रस्थानमा रु.२३ गुमाउँदै एनडिइपी विकास बैंक लिमिटेड रहेको छ ।
नेप्से परीसुचकसँगै आज क्षेत्रगत रुपमा मापन गर्ने अरु सहायक परीसुचक हरु पनि उकालो लागेका छन । 'क' वर्गका कम्पनिहरु मापन गर्ने सेन्सिटिव परीसुचक १.१७ अंकले बढेको छ । त्यसैगरी बैंकइङ सहायक परीसुचक पनि ७.६४ अंकले माथी चढेको छ भने होटेल समुह ६.९५, वित्तिय समुह १.२५ र वीमा समुह ०.१२ अंकले उकालो लागेका छन । आज शेयर कारोबारमा एकमात्र समुह अर्थअत अन्य समुहमा केहि पनि परिवर्तन आएको छैन तर विकास बैंक समुह र जलबिधुत समुह भने क्रमस: २.३४ र ६.७ बिन्दुले ओरालो लागेका छन ।
प्रेशक
www.nepalsharemarket.com
...
Tuesday, June 08, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment