
आज शेयर बजारमा कुल ५७ कम्पनिले कारोबार गरेका छन जस अनुसार १ हजार ६४ कारोबारबाट २ करोड २८ लाख ७८ हजार ६ सय बराबरका ६३ हजार २ सय ४५ कित्ता शेयर खरिद बिक्री भएका छन ।
अघिल्लो दिनको तुलनामा आजको कारोबार संख्या धेरै भएतापनी कारोबार रकम, कारोबार भएका कम्पनी संख्या तथा शेयर सँख्या भने कम नै छन ।
मंगलवार शेयर बजारमा शेयर कारोबार भएका ५७ कम्पनी मध्य १६ वटा कम्पनिले फाइदा कमाएका छन भने २७ कम्पनिले गुमाएका छन । रु. १८ कमाउदै नेपाल दूरसञ्चार कमाउने कम्पनिहरुको सुचिको अग्रस्थानमा रहेको छ त्यस्तै रु. २४ गुमाउदै पाटन फाइणान्स लिमिटेड गुमाउने कम्पनिहरुको अग्रस्थानमा रहेको छ ।
नेप्से परीसुचक सँगसँगै 'क' वर्गका कम्पनिहरुको शेयर कारोबार मापन गर्ने सेन्सिटिभ परीसुचक पनि ०.६४ अंकले उकालो लागेको छ । समुहगत रुपमा हेर्दा कुनैपनी समुहमा भने सुधार देखिएको छैन । बैंकइङ समुह २.१३, विकास बैंक समुह २.५३ र जलबिधुत समुह ३.३८ अंकले तल झरेका छन । त्यस्तैगरी वित्त समुह र वीमा समुह क्रमस: ०.९ र १.४९ अंकले ओरालो लागेका छन भने समुहमा बढ्न सफल एकमात्र अन्य समुह २१.१४ अंकले उकालो लाग्न सफल भएको छ ।
No comments:
Post a Comment