खोज्नुस

Thursday, June 24, 2010

अस्थिर शेयर बजार, गिर्दो नेप्से







साताको अन्तिम दिन बिहिबारपनी शेयर बजारमा सुधार आउन सकेन । बुधवारकै घट्दो लयलाई पच्छ्याउदै बिहीवार नेप्से परीसुचक अघिल्लो दिनको तुलनामा ४.१५ अंकको गिरावट खेप्दै ४६३.६५ को बिन्दुमा पुगेको छ । यस साता नेप्सेमा निकै आरोह अवरोह देखिएतापनी अन्तत: नेप्सेमा सकरात्मक संकेत भने देखा परेन ।

बिहीवार शेयर बजारमा कुल ७० कम्पनिले कारोबार गरेका छन जस अनुसार ११९७ कारोबारबाट २ करोड ८० लाख ४१ हजार ३ सय बराबरका ७२ हजार २३ कित्ता शेयर खरिद बिक्री भएका छन । अघिल्लो दिनको तुलनामा आजका शेयर संख्या, कारोबार संख्या तथा कुल कारोबार रकममा थोरै मात्र कमी आएतापनी नेप्से भने ठुलो अन्तरले तल झरेको छ ।  
आज शेयर बजारमा शेयर कारोबार भएका ७० कम्पनिहरुमा १६ कम्पनिको शेयर मुल्यमा बृद्दी देखा परेको छ भने ४० कम्पनिको शेयर मुल्यमा ह्रास आएको छ । अघिल्लो दिनको शेयर मुल्यमा ५ प्रतिशत बृद्दी भई कमाउने कम्पनिहरुको अग्रस्थानमा नेपाल श्रीलन्का मरचेन्ट बैंक रहेको छ भने अघिल्लो दिनको शेयर मुल्यमा १० प्रतिशत गिरावट आई प्रुडेन्सिएल वित्तिय संस्था सबै भन्दा बढी गुमाउने कम्पनी रहेको छ । त्यस्तै कारोबार रकमको आधारमा काष्ठमन्डप विकास बैंक उत्कृस्ट कम्पनी रहन गयो ।

नेप्सेको ओरालिने क्रमसंगै 'क' वर्गका कम्पनिहरुको कारोबार मापन गर्ने सेन्सिटिभ परीसुचक पनि १.२४ अंकको गिरावट सहित तल झरेको छ । त्यस्तै समुहगत रुपमा हेर्दा ०.३३ अंकले बृद्दी भएको एकमात्र जलबिधुत समुह बाहेक बाँकी सबै समुह घटेका छन । सबै भन्दा बढी ५.४८ अंकले तल झरेको बैंकइङ समुहलाई पच्छ्याउदै अन्य समुह ४.१८ अंकले ओरालो लागेको छ । त्यस्तै वीमा समुह ३.७ अंकको तेस्रो ठुलो गिरावट सहित तल झरेको छ भने वित्त समुह र विकास बैंक समुहमा क्रमस: ०.८४ र०.४१ अंकको गिरावट आएको छ ।    

No comments:

Post a Comment