खोज्नुस

Friday, May 28, 2010

सुनको मुल्य प्रतितोला ३५ हजार ७ सय


काठमाडौ, जेष्ठ १३ । विवाहको सिजन सँगसँगै सुनको मुल्य पनि उकालो लाग्ने क्रम बढीरहेको छ । गत महिनादेखि नै बृद्धि भएको सुनको मृल्य बुधबार स्थानीय बजारमा प्रतितोला ३५ हजार ७ सय रुपैयाँ पुगेको छ । मुल्य बृद्धि सँगसँगै सुनको निर्यात कम भएको छ 
मंगलबारको भन्दा बुधबार तोलामा सुनको मुल्य ५ सय ८० रुपैयाँ बढीमा कारोबार भएको छ । सुनचाँदी व्यवसायी संघका अनुसार बुधबार प्रतितोला सुनको मूल्य ३५ हजार ७ सय (प्रतिदस ग्राममा ३० हजार ६ सय ५) रुपैयाँ पुगेको छ । मंगलबार तोलामा ३५ हजार १ सय २० (दस ग्राममा ३० हजार १ सय १०) रुपैयाँ कायम छ । बुधबारको मूल्यले जेठ ३ गते कायम भएको प्रतितोला ३५ हजार २ सय ५५ रुपैयाँको रेकर्ड तोडेको हो ।

यसअघि भने गि्रस संकटका कारण अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यका कारण स्थानीय बजार सुन मूल्य उकालो लागेको थियो । तर बुधबार अमेरिकी डलरको दाँजोमा भारु कमजोर भएकाले मूल्य बढेको हो । भारु परिवर्तन भएअनुसार नै नेपाली रुपैयाँ परिवर्तन हुन्छ ।


स्रोत्: http://www.weeklynepal.com, २८ मे २०१०

No comments:

Post a Comment