खोज्नुस

Tuesday, May 25, 2010

नेप्सेमा झिनो सुधार












नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सोमबार सामान्य वृद्धि भएको छ । परिसूचक ० दशमलव ०६ अंकले बढेर  कारोबार बन्द हुँदा ४ सय ६२ दशमलव ६३ अंकमा पुगेको छ ।












यस दिन वित्तीय क्षेत्रको कारोबार ० दशमलव २४ र अन्य क्षेत्रको १६ दशमलव ४५ अंकले तल झरेको छ । जलविद्युत् र व्यापार क्षेत्रको कारोबार भने क्रमशः १० दशमलव ०६ र ५ दशमलव १४ अंकले बढेको छ । सोमबार ५२ हजार सेयर कित्ताबाट २ करोड १३ लाख ८७ हजार ४ सय १७ रुपैयाँको कारोबार भएको छ । कारोबारमा संलग्न कम्पनीमध्ये अपी फाइनान्स र पशुपति विकास बैंक सबैभन्दा बढी फाइदामा रहे भने वाणिज्य बैंकमध्ये एसबिआई र स्ट्यान्डर्ड चार्टर्ड बैंकले सबैभन्दा बढी फाइदा गरेका छन् ।
यी दुई बैंकको सेयर मूल्य १९ अंकले बढेकेा एक्सचेन्जले जनाएको छ । त्यस्तै सबैभन्दा बढी गुमाउने हिमालयन बैंक छ । यसको सेयर मूल्य ३५ अंकले घट्यो । अन्य कम्पनीमा सबैभन्दा बढी गुमाउनेमा एसियन लाइफ इन्स्योरेन्स र स्ट्याडर्ड फाइनान्स लिमिटेड रहेका छन् । जलविद्युत् कम्पनीमध्ये बढी कमाउने बुटवल पावर कम्पनीको कारोबार २७ अकंले बढेको छ भने गुमाउनेमा अरुण भ्याली र नेसनल जलविद्युत् कम्पनी रहेका छन्  ।
स्रोत्: http://www.ekantipur.com,२५ मे २०१०, जेष्ठ ११,२०६७
        http://www.nepalstock.com 

No comments:

Post a Comment