खोज्नुस

Monday, June 21, 2010

नेप्सेमा भारी गिरावट

लगातार एक सातासम्म घटेर हिजो मात्र सामान्य बृद्दी लिन सफल भएको नेप्से परीसुचक आज साताको दोस्रो दिननै ठुलो अंकको अन्तरले तल झर्न पुगेको छ । सोमबार शेयर बजार मापन गर्ने नेप्से परीसुचक अघिल्लो दिनको तुलनामा ६.३८ अंकको भारी गिरावट सहित ४६८.६१ बिन्दुमा झरेको छ ।
  
शेयर बजारमा आज कुल ६४ कम्पनिहरुको शेयर कारोबार भएको छ जस अनुसार ८ सय ४३ वटा कारोबारबाट ४ करोड ५७ लाख २१ हजार ३ सय रुपैया बराबरका १ लाख ५८ हजार ५ सय ३९ कित्ता शेयर खरिद बिक्री भएका छन ।
हिजोको शेयर बजारको तुलनामा  आजको शेयर बजारमा कारोबार भएका कम्पनी संख्या बाहेक कारोबार रकम, कारोबार भएका शेयर संख्या  बढिनै रहेतापनी नेप्से परीसुचकमा भने कमी नै देखिएको छ ।  यसरी शेयर बजारमा कारोबार रकममा  सुधार हुनुमा नेपाल बङ्लादेश बैंक लिमिटेड्को धेरै मात्रामा शेयर किनबेच हुनु हो भने नेप्सेमा देखिएको गिरावटको प्रमुख कारक तत्व चाहिँ अन्य समुहमा आएको दोहोरो अंकको गिरावट नै हो ।


सोमबार शेयर कारोबार भएका कुल ६४ कम्पनिमध्य २४ कम्पनिहरुको शेयर मुल्यमा बृद्दी भएको छ भने ३३ कम्पनिहरुको शेयर मुल्यमा कमी आएको छ त्यस्तै बाँकी रहेका ७ कम्पनिको शेयर मुल्यमा भने केहि पनि परिवर्तन आएको छैन । कमाउने कम्पनिहरुको सुचिको अग्रस्थानमा एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ भने गुमाउने कम्पनिहरु मध्य सबैभन्दा धेरै गुमाउनेमा पाटन फाइनान्स रहेको छ ।

शेयर बजार ओरालिने क्रमसँगै नेप्सेमा आएको ह्रासलाई पच्छ्याँउदै 'क' वर्गका कम्पनिहरुको कारोबार मापन गर्ने सेन्सिटिभ परीसुचक पनि ओरालो लागेको छ भने अरु सहायक परीसुचक हरुमा पनि सोही लय देखा परेको छ । समुहगत रुपमा हेर्दा बैंकइङ समुहमा ३.०६, विकास बैंक समुहमा १.८१ र जलबिधुत समुहमा ०.७३ अँकको गिरावट देखिएको छ । त्यस्तै समुहमा सबैभन्दा बढी अर्थत २३.४९ अंकको भारी गिरावट खेप्दै अन्य समुह ओरालो लागेको छ भने वित्त समुह र वीमा समुहमा पनि क्रमस: १.२८ र २.४९ अंकको ह्रास देखा परेको छ ।     

No comments:

Post a Comment