
आइतबार शेयर बजारमा कुल ६६ कम्पनिहरुले आफ्नो उपस्थिती जनाएका छन जस अनुसार ८५५ कारोबारबाट १ करोड ८५ लाख ६२ हजार बराबरका ५० हजार १ सय ६५ कित्ता शेयर खरिद बिक्री भएका छन ।
अघिल्लो दिनभन्दा आजको शेयर बजारमा कम्पनी संख्या, कारोबार संख्या, कारोबार रकम तथा कारोबार भएका शेयर संख्या सबै नै बढी छन । साताको पहिलो दिनमानै यसरी नेप्से परीसुचकमा सुधार आउनुमा मुख्य कारण मुलुकमा बिद्यामान राजनैतिक अन्यौलताको अन्त्य र नया राजनैतिक निकासको सम्भावना बढेर जानु नै हो ।
आज शेयर बजारमा शेयर कारोबार भएका ६६ कम्पनिहरुमध्य शेयर मुल्यमा बृद्दी भई २८ कम्पनिले कमाउन सफल भएकाछन भने २८ कम्पनी ले नै शेयर मुल्यमा कमी आई गुमाउन पुगेका छ । गुमाउने कम्पनिहरुको अग्रस्थानमा रु.१०० कमाउदै पोखरा फाइनान्स रहेको छ । त्यस्तै रु. गुमाउदै ओरिएन्टल होटेल लिमिटेड गुमाउने कम्पनिहरुको अग्रस्थानमा रहेको छ ।
शेयर बजार मापन गर्ने नेप्से परीसुचक सँगसँगै अरु सहायक परीसुचका हरुमा पनि तलमाथी देखा परेको छ । 'क' वर्गका कम्पनिहरुको कारोबार मापन गर्ने सेन्सिटिभ परीसुचकमा आज पनि ०.०४ अंकको गिरावट देखिएको छ भने बैंकइङ सहायक परीसुचकमा भने १.८२ अंकको बृद्दी देखिएको छ । त्यस्तै गरी समुहगत रुपमा हेर्दा जलबिध्युत समुह्, वित्त समुह र वीमा समुहमा क्रमस: ६.०४, ०.४१ र ०.२८ अंकको बृद्दी आई उकालो लागेका छन भने होटेल समुह्, विकास बैंक समुह र अन्य समुह क्रमस:२.२७, १.१५, र ४.७ अंकको ह्रास खेप्दै ओरालो लागेका छन ।
No comments:
Post a Comment