खोज्नुस

Wednesday, June 16, 2010

नेप्से लगातार गिर्दो अवस्थामा


साताको पहिलो दिनदेखी निरन्तर ओरालिएको शेयर बजारमा बुधवार पनि सुधार आउन सकेन । आज कारोबार सुरुभएदेखी नै निकै आरोह्-अवरोह भोग्दै अन्तत: नेप्से परीसुचक ०.४८ अंकको ह्रास खेप्दै ४७५.१७ बिन्दुमा पुगेको छ । 
  
शेयर बजारमा आज कुल ६३ वटा कम्पनिहरुले उपस्थिती जनाएका छन जस अनुसार ७१२ कारोबारबाट १ करोड ७२ लाख ६१ हजार बराबरका ४२ हजार ९ सय कित्ता शेयर खरिद बिक्री भएका छन ।

आज शेयर किनबेच भएका  ६३ कम्पनी मध्य १८ वटा कम्पनिहरुको शेयर मुल्यमा बृद्दी देखिएको छ भने ३८ वटा कम्पनिको शेयर मुल्यमा गिरावट आएको छ जबकी बाकी ७ वटा कम्पनिको मुल्यमा भने केहिपनी परिवर्तन आएको छैन । शेयर मुल्यमा बृद्दी आइ कमाउने कम्पनिहरुको अग्रस्थानमा रु.१२ कमाउदै सिद्दार्थ इन्स्योरेन्स लिमिटेड रहेको छ भने रु.३७ गुमाउदै गुमाउने कम्पनिहरुको अग्रस्थानमा प्रभु फाइनान्स कम्पनी लिमिटेड रहेको छ । 

नेप्से परीसुचकमा सुधार आउन नसकेपनी 'क' वर्गका कम्पनिहरुको कारोबार अवस्था मापन गर्ने सेन्सिटिव परीसुचकमा भने ०.०५ अंकको थोरै मात्र भएपनी सुधार आएको छ । त्यस्तै बैंकइङ समुह र वीमा समुहमा पनि क्रमस: ०.३५ र ०.९५ अंकको बृद्दी देखिएको छ तर  विकास बैंक समुह ०.८७, जलबिधुत समुह ०.५३ र वित्तिय समुह २.५६ अंकले ओरालो लागेका छन । होटेल समुह र अन्य समुहमा भने केहि पनि परिवर्तन आएको छैन । 

No comments:

Post a Comment