
केही दिनदेखि लगातार भारुभन्दा डलर कमजोर भएकाले नेपाली बजारमा सुनको मूल्य घटेको हो। 'भारुमा सुधार भएर सुनको मूल्य घटेको छ,' शाक्यले भने। उनले बैंकहरुबाट उपलब्ध हुने सुनको परिमाण बढेकाले पनि मूल्यमा गिरावट आएको जानकारी दिए। एक साताअघि केन्द्रीय बैंकले सुनको आयात बढाउन खुकुलो गरेको थियो। १० किलो सुनको आयात गर्दै आएका बैंकले त्यसपछि २० किलो सुन आयात गर्न थालेका छन्।
ग्रिसको आर्थिक मन्दी तथा उत्तर र दक्षिण कोरियाबीचको विवादले युरो कमजोर हुँदा सुनको मूल्यमा असर परेको थियो। केही दिनदेखि युरो बलियो हुँदै गएपछि सुनको मौज्दात बढाउने घटेकाले मूल्यमा गिरावट आएको हो। सुनको मूल्यलाई असर पार्ने अमेरिकी डलर भारतीय मुद्राभन्दा कमजोर भएकाले पनि मूल्य घट्न सघाउ पुगेको छ। 'अहिले माग र आपूर्तिको अवस्था बराबरी नै छ,' उनले भने, 'सरदर २० किलो सुनको दैनिक कारोबार भइरहेको छ।' बिहेको मौसम सुरु भएकाले अर्को साताबाट माग बढ्ने सुन-चाँदी व्यवसायीले बताए। बढ्न सक्ने सम्भावित मागका आधारमा व्यवसायीले ३० किलो सुन आयातका लागि छुट दिन केन्द्रीय बैंकसँग आग्रह गरिसकेका छन्।
अहिले एनआइसी, स्ट्यान्डर्ड चार्टर्ड, एनएमबी, माछापुच्छ्रे, नबिल, बैंक अफ काठमाण्डू र प्राइम बैंकले सुन आयात गरिरहेका छन्। थप ४ बैंकले आयात गर्र्ने तयारी गरिरहेका छन्।
अन्तर्राष्ट्रिय बजारमा पनि सोमबार सुनको मूल्य घटेको छ। प्रतिऔंस (३१ ग्राम) ३ अमेरिकी डलरले मूल्यमा गिरावट आएको हो। सोमबार प्रतिऔंस सुन १ हजार २ सय २१ अमेरिकी डलरमा झरेको छ। आइतवारको भन्दा यो १३ डलरले कम हो।
स्रोत: http://www.nagariknews.com, २०६७ असार 2
No comments:
Post a Comment