खोज्नुस

Wednesday, June 9, 2010

शेयर बजारमा सुधार



साताको सुरुको दुइ दिन घटेतापनी हिजो बाट सुधार उन्मुख भएको शेयर बजारमा आज पनि सोही क्रमले निरन्तरता पएको छ । बुधबार नेपालको शेयर बजार मापन गर्ने एकमात्र नेप्से परीसुचक ३.८४ अंकले उकालो लाग्दै ४८६.६ बिन्दुमा पुगेको छ ।

बुधबार शेयर बजारमा कुल ७३ वटा कम्पनिको शेयर कारोबार भएका छन जस अनुसार १ हजार २३ कारोबारबाट ३ करोड ५१ लाख ६७ हजार ५ सय बराबरका ८०  हजार ७ सय ९० कित्ता शेयर खरिदबिक्री भएका छन ।अघिल्लो  दिनको तुलनामा आज कारोबार भएका कम्पनि,शेयर संख्या र कारोबार रकम सबै नै बढी छन ।


आज कारोबार भएका ७३ कम्पनिमध्य ४३ वटा कम्पनिले कमाएका छन्, त्यस्तै २१ वटा कम्पनिले गुमाएका छन भने ९ कम्पनी केहि पनि नगुमाई यथा अवस्थामा नै रहेका छन । कमाउने कम्पनिको अग्रस्थानमा रु.३५ कमाउँदै लक्ष्मी बैंक लिमिटेड रहेको छ भने रु.२० गुमाउँदै नेपाल हाउजिङ यान्ड मार्चएन्ट फाइनान्स गुमाउने कम्पनिको अग्रस्थानमा रहेको छ । 

नेप्सेमा देखिएको बढ्दो लहरलाई पछ्याउँदै शेयर बजारका अरु सहायक परीसुचक हरु पनि बढ्ने क्रममा रहेका छन । 'क' वर्गका कम्पनिहरुको प्रदर्शन मापन गर्ने सेन्सिटिव परीसुचक १.०३ अंकले उकालो लागेको छ भने बैंकइङ समुह र जलबिधुत समुहपनी क्रमस: ५.९४ र २.०४ अंकले बढेका छन । घट्दो क्रममा रहेका ब्यापार समुह्, विकास बैंक समुह्, बित्तिय समुह र वीमा समुह क्रमस: २.१४, १.०१, ०.७७ र ०.३७ अँकले घटेका छन भने होटेल समुहमा केहि पनि परिवर्तन भएको छैन । आज शेयर बजारमा अन्य समुहको कुनै पनि शेयर कारोबार भएका छैनन ।  

No comments:

Post a Comment