बिहिबार शेयर बजारमा कुल ७० वटा कम्पनिको शेयर कारोबार भएका छन जस अनुसार १ हजार ३ सय ४२ कारोबारबाट ५ करोड १ लाख ८५ हजार बराबरका १ लाख ८ हजार १ सय २८ कित्ता शेयर खरिद बिक्री भएका छन । बुधबार भन्दा बिहिबार करोबार संख्या, कारोबार रकम र कारोबार भएका शेयर संख्या बढी भएपनी कारोबार भएका कम्पनी संख्या चाँही कम नै छ ।
शेयर किनबेच भएका ७० कम्पनी मध्य कमाउने कम्पनी संख्या २४ र गुमाउने कम्पनी संख्या ३६ रहयो भने आजबाट काष्ठमन्डप विकास बैंकको शेयर कारोबार पनि सुरु भएको छ । कमाउने कम्पनिहरुको सुचिको अग्रपङ्क्तिमा रु.२१ कमाउदै छिमेक विकास बैंक रहेको छ भने रु. १९ गुमाउदै डिसिबिएल बैंक गुमाउने कम्पनिको अग्रस्थानमा रहेको छ ।
आज शेयर बजार मापन गर्ने नेपालको एकमात्र नेप्से परीसुचकलाई पछ्याउँदै 'क' वर्गका कम्पनिहरु मापन गर्ने सेन्सिटिव परीसुचक पनि ०.२९ अंकले घट्दै ओरालो लागेको छ । त्यस्तै अरु समुहहरुमा पनि नकरात्मक प्रभाव देखा परेको छ । बैंकइङ समुह्, जलबिधुत समुह्, वित्तिय समुह र अन्य समुह क्रमस: ३.०६, १.१४, ०.८२ र १.१७ अंकले घटेका छन भने होटेल समुह ८.७, विकास बैंक समुह ०.५८ र वीमा समुह ०.८१ अंकले उकालो लागेका छन ।
No comments:
Post a Comment