खोज्नुस

Monday, June 7, 2010

नेप्सेमा गिरावट कायमै



साताको दोस्रो दिन पनि शेयर बजारमा  घट्ने क्रमले निरन्तरता पाएको छ । सोमबार शेयर बजारमा फेरी पनि गिरावट देखा परेको छ । अघिल्लो दिनभन्दा ०.१५ अंकको कमी देखाउँदै नेप्से आज ४७८.४९ बिन्दुमा झरेको छ ।

सोमबार शेयर बजारमा कुल ६८ वटा कम्पनिको कारोबार भएका छन जस अनुसार ९९२ कारोबारबाट ७ करोड असि लाख ७५ हजार ४ सय बराबरका ४ लाख ४६ हजार ८ सय ७८ कित्ता शेयर खरिदबिक्री भएका छन । आइतबार भएको कारोबारमा भन्दा आज कारोबार रकम, कारोबार संख्या, कारोबार भएका शेयर संख्या तथा कम्पनी कारोबार संख्या सबैमा कमी आएको छ ।

आज शेयर बजारमा ६८ वटा कम्पनिका शेयर किनबेच भएका छन जस मध्य २५ वटा कम्पनिले कमाएका छन , ३४ वटा कम्पनिले गुमाएका छन भने ९ वटा कम्पनी यथा अवस्थामा नै रहेका छन । कमाउने कम्पनिको सुचिको अग्रस्थानमा रु.२५ कमाउँदै छिमेक विकास बैंक लि. अग्रस्थानमा छ भने रु.३२ गुमाउँदै कुमारी बैंक लि. गुमाउने कम्पनिहरुको अग्रस्थानमा रहेको छ ।  

नेप्से सँगसगै 'क' वर्गका कम्पनी मापन गर्ने सेन्सिटिव परीसुचक पनि ०.०१ अंकले ओरालो लागेको छ । बैंकइङ समुह्, जलबिधुत समुह्,र वीमा समुह क्रमस: ०.३१, ३.९८ र ०.०४ अंकको बृद्दिसहित उकालो लागेका छन भने विकास बैंक समुह्,वितिय समुह र उत्पादक समुहमा क्रमस: २.७९, ०.२६ र ०.७ अंकको गिरावट आएको छ ।  
    

No comments:

Post a Comment