
शेयर बजारमा यस प्रकारको तलमाथि देखा पर्नुमा मुख्यत: राज्नैतिक अन्यौलता र ठुला ठुला लगानिकर्ताहरुको चलखेल नै प्रमुख कारकतत्व रहेको कुरा शेयर ब्रोकर एवम लगानकर्ताहरुले उल्लेख गरेका छन । त्यस्तै अत्याधिक बिक्री चापको कारणले गर्दा पनि शेयर कारोबारमा गिरावट आएको कुरा उनिहरुले बताएका छन । शेयर बजारको यस खालको अस्थिर प्रव्रीत्तिले लगानिकर्ताहरुमा भएको विस्वाश्मा पनि खडेरी निम्त्याउने लक्षण देखा परेको छ ।
सोमबार शेयर बजारमा भएको १२८४ कारोबारमा १९१५६९ कित्ता शेयर किनबेच भई ८ करोद ३३ लाख २१ हजार बराबरको कारोबार रकम कायम भएको छ । यस दिन शेयर बजारमा कुल ७५ कम्पनिहरुको शेयर किनबेच भएको छ जसमध्य कमाउने कम्पनिहरुको संख्या ३१ ,गुमाउने कम्पनिहरु ३७ र यथास्थितिमा ७ कम्पनिहरु रहेका छन । कमाउने कम्पनिहरुको सुचिको अग्रस्थानमा २६ रुपैया कमौदै एस डिभेलपमेन्ट बैंक रहेको छ भने ८४ रुपैया गुमाउदै एस बि आइ बैंक गुमाउने कम्पनिको सुचिको अग्रस्थानमा छ । त्यस्तै कारोबार रकमको आधारमा सबैभन्दा बढी कारोबार गर्दै सिद्धार्थ विकास बैंक लि. प्रोमोटर शेयर अग्रस्थानमा रहेको छ ।
नेप्से परीसुचकसँगै अरु सह परीसुचक हरुमा पनि ह्रास आएको छ । बैंकइङ सह परीसुचक २५.२५ अंकले घटेको छ भने अन्य समुह पनि १०.५७ को ठुलो अन्तरले गिरेको छ । त्यस्तै विकास बैंक समुह र जलबिधुत समुह पनि क्रमस: १.31 र ३.०६ अंकले घटेका छन जबकी वित्तिय समुहा र विमा समुहा भने १.3 र ०.५६ अंकले बढेका छन ।
lau k hune ho nepaliko bhagya ra sheyar ko bhagya ustai ustai lagyo malai ta
ReplyDelete