
विध्यमान राजनैतिक अन्यौलता को प्रभाव शेयर बजारमा आज पनि देखा पर्यो । हिजोको भन्दा मात्र ०.५ अंकले बढेर नेप्से आज ४८०.४८ मा आएर बन्द भएको छ । यसरि सुरुको दुई घण्टासम्म घट्नु र त्यसपछी बिस्तारै बढ्नु पछाडिको कारण सुरुमा अत्याधिक बिक्री चापहुनु र तत्पस्चात बिक्री चाप घट्दै गएर खरिद चापमा बृद्दी आएर शेयर मुल्य बढ्न सहयोग पुर्याउनु हो ।
शेयर बजारमा आज भएका कुल ८७३ कारोबारमा करिब ५७ हजार ६ सय कित्ता शेयर किनबेच भई कारोबार रकम २ करोड ८३ लाख ७ हजार बराबर कायम भएको छ । कारोबार भएका ६४ कम्पनिहरु मध्य कमाउने कम्पनिहरु ३०, गुमाउने २९ तथा यथावत रहनेमा ५ कम्पनी रहेका छन । कमाउने कम्पनिहरुको अग्रस्थानमा पब्लिक डेभेलप्मेन्ट बैंक लि., गुमाउने कम्पनिहरुको अग्रस्थानमा लाईफ इन्सुरेन्स कम्पनी लि. छन भने कारोबार रकमको अधारमा स्ट्यान्डर्ड चारटर्ड बैंक सबैभन्दा उत्कृष्ट कम्पनी रहेको छ ।
नेप्सेमा झिनो सुधार आएपनी अरु प्रमुख सहायक परीसुचक हरुमा भने त्यती राम्रो प्रभाव देखिदैन । बैंकइङ समुह र विकास बैंक समुह क्रमस: ५.३९ र ३.३५ अंकले घटेका छन भने नेप्सेलाई उकालो चढ्न सहयोग पुर्याउँदै
जलबिधुत समुह ७.०३,वित्तिय समुह ०.५१, विमा समुह ५.५७ र अन्य समुह २१.१५ अंकले बढेका छन जबकी उत्पादक समुहमा भने आज पनि केहि परिवर्तन आएको छैन ।
This comment has been removed by the author.
ReplyDeleteThis comment has been removed by the author.
ReplyDeleteThis comment has been removed by the author.
ReplyDeleteThis comment has been removed by the author.
ReplyDeleteनेप्से पहिला घट्नुको मुख्य कारण माग मा कमी आउनु हो र पछी बढ्नु को मुख्य कारण माग मा बृदी हुँदै जानु हो । यस बाहेक नेप्से मा राजनैतिक अस्थिरता पनि असर पारेको छ ।
ReplyDeleteनेप्से पहिला घट्नुको मुख्य कारण माग मा कमी आउनु हो र पछी बढ्नु को मुख्य कारण माग मा बृदी हुँदै जानु हो । यस बाहेक नेप्से मा राजनैतिक अस्थिरता पनि असर पारेको छ ।
ReplyDelete