आइतबार नेपाली शेयर बजार अनौठो प्रकारले बन्द भएको छ । शेयर कारोबार सुरु भएको १ घण्टा पनि नबित्दै अपरान्ह १२ बजेर ४२ मिनटमा नेप्से परीसुचक अघिल्लो दिनको तुलनामा ३ प्रतिशतले बढ्यो र नेप्सेले पहिलो सर्किट ब्रेकर लागु गर्दै १५ मिनटको लागी शेयर कारोबार स्थगित गर्यो । शेयर बजार पुना सञ्चालन हुन नपाउँदै पुन: १ बजेर ११ मिनटमा नेप्से ४ प्रतिशतले बृद्दी भयो जसले गर्दा शेयर बजार फेरी अर्को पटक ३० मिनट को लागी बन्द गरियो । दोस्रो सर्कित ब्रेकर्को समप्ती सँगै शेयर बजार सुरु मात्र क भएको थियो करिब २ बजे नेप्से परीसुचकले ५ प्रतिशतको बृद्दी लियो र तत्पस्चात
नेप्सेले यस दिनको शेयर कारोबार बन्द भएको जानकारी दियो ।शेयर बजारको इतिहासमा यस प्रकरको घटना यस भन्दा पहिला एक चोटी दुई वर्ष अगाडी मात्र देखा परेको थियो
नेप्सेले सर्किट ब्रेकर निम्न अवस्थामा लागु गर्छ:
१. शेयर कारोबार सुरु भएको पहिलो एक घण्टा अर्थत दिँउसोको १ बजे भित्र नेप्से परीसुचक ३ प्रतिशत्ले बृद्दी भएमा शेयर किनबेच १५ मिनटको लागि स्थगित र सो पछाडी पुना सन्चलान गरिन्छ
२. शेयर कारोबार सुरु भएको २ घण्टा अर्थत दिँउसोको २ बजेभित्र ४ प्रतिशत्ले बृद्दी भएमा शेयर किनबेच ३० मिनटको लागि स्थगित र सो पछाडी पुना सन्चलान गरिन्छ ।
३. शेयर कारोबार बढेर जुनसुकै बेला नेप्से परीसुचक ५ प्रतिशतले बृद्दी भएमा त्यसपछी शेयर कारोबार सो दिनको लागी बन्द गरिन्छ
त्यस्तै यदी कुनै पनि कम्पनिको प्रतिशेयर मुल्यमा १० प्रतिशतले घट बढ भएमा सो दिनको लागी शेयर
कारोबार बन्द गरिन्छ ।
आज शेयर बजार मापन गर्ने नेपालको एकमात्र नेप्से परीसुचक अघिल्लो दिनको तुलनामा २६.९५ अंकले बढ्दै बजार बन्द हुँदा ५०६.३५ अंकमा पुगेको छ । गएको साताको अन्तिम दिन शेयर बजारमा भारी गिरावट आएतापनी यस साताको सुरुवात शेयर बजारको पक्षमा नै देखिन्छ ।विशलेशक हरुका अनुसार शेयर बजारमा एक्कास्सी यस्तो सुधार आउनुमा राजनितिक दलहरुमा सहमती हुनु नै प्रमुख कारण हो भने साथ साथै सानिमा विकास बैंक लि. प्रोमोटर शेयर को म्यचिङ्ले पनि शेयर बजारमा थप उर्जा प्रदान गरेको कुरा उनिहरु बताउँदछन । शेयर बजारमा आज कुल ५४२ कारोबारमा ३७४३४९ कित्ता शेयर किनबेच भई १२३४०३७२४ कारोबार रकम कायम भएको छ ।
शेयर बजारमा आज कुल ६४ कम्पनिहरुको शेयर कारोबार भएको छ । कारोबार भएका कम्पनिहरुमा ५६ कम्पनिले कमाएका छन्, ६ कम्पनिले गुमाएका छन भने २ कम्पनी यथवत नै रहेका छन । कमाउने कम्पनिहरुमा अन्नपूर्ण विकस बैंक १४ रुपैया कमौदै अग्रस्थानम छ, त्यस्तै गरी गुमाउने कम्पनिहरुमा २९ रुपैया गुमाउदै हिम्चुली विकास बैंक अग्रस्थानआमा छ भने रघुपती जुट मिल्स लि. र सानिमा विकास बैंक लि. प्रोमोटर शेएर केहि पनि नकमाइ यथास्थाअनमा छन । यसै गरी कुल ८८०००००० लाखको कारोबार रकम कायम गर्दै सानिमा विकास बैंक नै कारोबार रकम्को आधारम अग्रस्थानमा छ ।
नेप्से परीसुचक सँगै आज अरु सह परीसुचखरु पनि बढेक छन । बाणिज्य बैंक सहा परीसुचक ३५.६६ अंकले,विकास बैंक समुहा १७.३९, जलबिधुत समुह ४०.५४, वित्तिय समुह ६.४९ र अन्य समुह २१. १५ अंकले बधेक छन भने एक मात्र उत्पादक समुहले भने भने केहि पनि बृद्दी देखाएको छैन ।
aaba chai share market ma khe hola jasto cha.....
ReplyDelete