मंगलबार शेयर बजारले तिब्र गती लिएको छ ।अघिल्लो दिन ४६२.६३ अंकमा बन्द भएको नेप्से मंगलवार १९.८१ अंकले वृदी हुँदै ४८२.४४ अंकमा पुगेको छ । यस अघी नेप्सेमा निकै उतार चढाव देखिएपनी ठुलो अंकले फड्को मार्दै नेप्सेले शेयर लगानिकर्ताहरुमा आशाको दियो जगाइदिएको छ ।
नेपाल स्टक एक्स्चेन्ज को अनुसार यस दिन ९ सय ६७ कारोबारमा ४ करोड ६६ लाख ५४ हजार रुपैया बराबरको १ लाख ८ हजार्१ सय९१ कित्ता शेयर किनबेच भएका छन । यस दिनको कारोबार रकम तिस दिन यताकै सबैभन्दा धेरै कारोबार रकम भएको एक्स्चेन्जले जनाएको छ ।तीस दिन अगाडी कारोबार रकम ४ करोड ७६ लाख ५५ हजार बराबरको थियो ।
मंगलबार कारोबार भएका ६९ कम्पनी हरुमा तीन कम्पनिहरुले गुमाएका छन्, एक कम्पनी यथावत रहेको छ भने बकी रहेका ६५ कम्पनिहरुले कमाएक छन । गुमाउने कम्पनिहरुमा क्रमस गोर्खा बिकास बैंक, सगरमाथा इन्सुरेन्स को. लि. र एसियन लाईफ इन्सुरेन्स कम्पन्री लि. अग्रस्थान्मा छन भने सबै भन्दा बढीकमाउने पशुपती बिकास बैंक र यथावत रहनेमा एकमात्र नेपाल श्रीलन्का मर्चन्ट बैंक रहेको छ । त्यस्तै कारोबार रकमको आधारमा क्रमस बैंक अफ काठमाडौं, नबिल बैंक र स्ट्यान्डर्ड चारटर्ड बैंक अग्रस्थानमा छन ।
शेयर कारोबारमा जलबिधुत समुह्को परीसुचक २८.५९,र बाणिज्य बैंक परीसुचक २४.८७ ले बधेको छ भने बिकास बैंक समुह १३.६७ र वित्तिय समुह ७.७७ अंले बधेको छ । त्यस्तै होटेल समुह र बिमा समुह पनि क्रमस २.६१ र ३.२६ को बृद्दिमा छन । शेयर बजार दुई अंकले फड्को मार्दा पनि उत्पादक समुहमा भने केहि पनि परिवर्तन अएको छैन तर अन्य चाहिँ १७.६२ को उल्लेखनिय वृद्दी सँगै सुधारोन्मुख देखिएको छ ।

No comments:
Post a Comment