खोज्नुस

Thursday, June 3, 2010

सुन तोलामा ३६ हजार नाघ्यो


विवाहको तयारीमा हुनुहुन्छ भने सुन बजारले तपाईलाई केही निराश बनाउन सक्छ । एकपछि अर्को गर्दै  बुधबार सुनको मूल्य प्रतितोला ३६ हजार रुपैयाँ नाघेको छ । बुधबार नेपाली बजारमा प्रति १० ग्राम सुन ३० हजार ९ सय १० रुपैयाँमा कारोबार भयो । यसअनुसार प्रतितोला सुनको मूल्य ३६ हजार ५० रुपैयाँ हुन्छ ।गत साता पहेंलो धातुको मूल्य प्रति १० ग्राम ३० हजार १ सय ८० रुपैयाँ थियो । सोमबारसम्म स्थिर रहेको मूल्य मंगलबार र बुधबारमा ७ सय रुपैयाँ बढेको छ ।

 'अन्तर्राष्ट्रिय बजारमा भारतीय रुपैयाँ कमजोर हुनुका साथै युरोपको संकटले सुनको मूल्य बढायो, यसको असर नेपालमा पनि परेको हो,' सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने, 'मंगलबार एकै दिनमा २५ किलो कारोबार भयो, बुधबार भने मूल्य बढेकाले १० किलो मात्रै कारोबार भएको छ, ग्राहक पर्ख र हेरको अवस्थामा छन् ।'
मंगलबार प्रति १० ग्राम सुन ३० हजार ४ सय ३५ (प्रति तोला ३५ हजार ५ सय) रुपैयाँमा कारोबार भएको थियो । मूल्य बढे पनि विवाहको मौसममा मागजति आपूर्ति दिन कठिन हुने शाक्यले बताए । पुससम्म सुनको अत्यधिक आयातले शोधनान्तर स्थिति नै नकारात्मक भएपछि अहिले सरकारले आयातमा परिमाणात्मक बन्देज लगाएको छ । एक बैंकले दिनको १० किलो मात्र सुन ल्याउन पाउने व्यवस्था गरिएको छ ।

स्रोत्: http://www.ekantipur.com, २०६७ जेष्ठ २० 

No comments:

Post a Comment