खोज्नुस

Sunday, June 13, 2010

नेप्सेमा भारी गिरावट


गत साता अन्तिम दिन घटेको शेयर बजारले यस साताको पहिलो दिनमा पनि सोही लयलाई पच्छ्याएको देखिएको छ । नेपाली शेयर बजार मापन गर्ने एकमात्र नेप्से परीसुचक अघिल्लो दिनको तुलनामा ४.२ अंकको गिरावट खेप्दै ४८०.६२  बिन्दुमा पुगेको छ ।

शेयर बजारमा आज कुल ७१ वटा कम्पनिको शेयर खरिद विक्री भएका छन जस अनुसार १ हजार ७७ कारोबारमा ४ करोड ६६ लाख ३३ हजार बराबरका ९३ हजार ३ सय ४० कित्ता शेयर किनबेच भएका छन । गएको दिनको तुलनामा आजका करोबार कम्पनी संख्या देखी लिएर कारोबार भएक शेयर कित्ता सबै नै कम छन । यसरी शेयर बजारमा अस्थिरता देखा पर्नुमा राज्नैतिक अन्यौल बाहेक अरु कुनै विषेश कारण नरहेतापनी  केहि मात्रामा शेयर खरिद चाप भन्दा बिक्री चाप धेरै भएकोले पछिल्ला दिनहरुमा शेयर बजारमा ह्रास आएको कुरा विज्ञहरु बताउदछन ।    
आज कारोबार भएका ७१ कम्पनिहरुमा १९ कम्पनिहरुको शेयर मुल्यमा बृद्दी आएको छ त्यस्तै  ३८ कम्पनिको शेयर मुल्यमा ह्रास आएको छ भने बाकी १४ कम्पनी हरुको शेयर मुल्यमा केहिपनी परीवर्तन आएको छैन । शेयर मुल्यमा बृद्दी भैइ कमाउनेको कम्पनिहरुको अग्रस्थानमा रु.३२ कमाउदै बिराटलक्ष्मी विकास बैंक लिमिटेड रहेको छ भने त्यसैगरी गुमाउने कम्पनिहरुको अग्रस्थानमा रु.४२ गुमाउदै स्वाबलमबन विकास बैंक लिमिटेड रहेको छ ।

नेप्से परीसुचक सँगसँगै 'क' वर्गका कम्पनिहरुको प्रदर्शन मापन गर्ने सेन्सिटिव परीसुचक पनि १.१८ अंकले ओरालो लागेको छ । त्यस्तै समुहगत रुपमा ०.०९ अंकले बढेको एकमात्र विकास बैंक समुह बाहेक अरु समुहहरुमा पनि गिरावट देखिएको छ । बैंकइङ समुह ५.५६ , जलबिधुत समुह १.२५ र वित्तिय समुह १.६३ अंकले घटेका छन । होटेल समुहमा कुनै परिवर्तन आएको छैन भने वीमा समुह र अन्य समुह क्रमस: ०.७५ र ४.७ अंकले घटेका छन ।    

No comments:

Post a Comment