खोज्नुस

Sunday, June 6, 2010

साताको पहिलो दिननै निराशाजनक

कारोबार सुरु भएको पहिलो दिननै शेयर बजार मापन गर्ने नेपालको एकमात्र नेप्से परीसुचकमा ह्रास देखा परेको छ । गत साताको अन्तिम दिन अर्थत बिहिबार भन्दा ३.७ अंकले ओरालो लाग्दै नेप्से परीसुचक आज ४७८.६४ बिन्दुमा पुगेको छ ।

अघिल्लो दिनको तुलनामा यस दिन कारोबार रकम र कारोबार भएका शेयर कित्ता कम छन्, साथै बैंकइङ समुह्, विकास बैंक समुह र वित्तिय समुहमा आएको भारी गिरावटले गर्दा  नेप्सेमा पनि गिरावट आएको छ ।  


बिहिबार शेयरबजारमा कुल ७२ वटा कम्पनिहरुको शेयर कारोबार भएका छन जस अनुसार १ हजार २ सय ५५ कारोबारबाट ३ करोड २५ लाख ११ हजार रुपैया बराबरका ७२ हजार १ सय २ कित्ता शेयर खरिद बिक्री भएका छन । कारोबार भएका कम्पनिमा कमाउने २५ वटा कम्पनिहरुको सुचिमा रु.१६ कमाउँदै क्यापिटल मर्चेन्ट बैंकइङ यान्ड फाइनान्स अग्रस्थानमा छ । त्यसै गरी गुमाउने ३४ वटा कम्पनिहरुको सुचिमा रु.६४३ गुमाउँदै सिद्दार्थ फाइनान्स लिमिटेड अग्रस्थानमा रहेको छ भने १३ वटा कम्पनी केहि पनि नगुमाउँदै यथास्थानमा छन ।

नेप्से परीसुचक सँगसँगइ शेयर बजारका अरु मुख्य सहायक परीसुचक हरुमा पनि गिरावट देखिएको छ । बाणिज्य बैंकइङ समुहमा ८.८६, विकास बैंक समुहमा ३.२५ र वित्तिय समुहमा ५.२५ अंकको कमी आएको छ । त्यस्तै वीमा समुह १.६ अंकले ओरालो लागेको छ भने १०.५७ अंकको बृद्दी सहित अन्य समुह उकालो लाग्न सफल भएको छ ।   

No comments:

Post a Comment