खोज्नुस

Thursday, June 3, 2010

नेप्सेमा निरन्तर सुधार


बिहिबार शेयर बजार अघिल्लो दिनको क्रमलाई निरन्तरता दिँदै उकालो लागेको छ । यस हप्ताको सुरुवातमा तीन पटक सर्किट ब्रेकर लागेको नेप्से अन्तिम दिनमा पनि सकरात्मक नै रहयो । हिजोको भन्दा १.८६  अंकले बढेर नेप्से आज ४८२.३४ मा आएर बन्द भएको छ । नेप्सेमा यस प्रकारको बृद्दी देखिनुमा मुख्यतया बैंकइङ समुह र वीमा समुहमा  आएको बृद्दी नै हो ।
हिजोको तुलनामा आज शेयर बजारमा कारोबार संख्या, कारोबार भएका शेयर कित्ता  संख्या, कारोबार भएका कम्पनी र कारोबार रकम सबै नै बढेका छन ।
 शेयर बजारमा आज भएका कुल ९५८ कारोबारमा करिब १ लाख ५ हजार  कित्ता शेयर किनबेच भई कारोबार रकम चार करोड ९५ लाख ४९ हजार बराबर कायम भएको छ । कारोबार भएका ७४  कम्पनिहरु मध्य कमाउने कम्पनिहरु ३८ , गुमाउने २६ तथा यथावत रहनेमा १०  कम्पनी रहेका छन । कमाउने कम्पनिहरुको अग्रस्थानमा लाईफ इन्सुरेन्स को. नेपाल , गुमाउने कम्पनिहरुको अग्रस्थानमा बुटवल फाइनान्स लि. छन भने   कारोबार रकमको अधारमा आइ एम इ फाइनान्सियल इन्स्टिट्युसन सबैभन्दा उत्कृष्ट कम्पनी रहेको छ ।

आज शेयर बजारको बिभिन्न सहायक परीसुचक हरुमा घट बढ भएको छ । जलबिधुत र अन्य समुहमा क्रमस: ३२.८३ र १५.२७ अंकको भारी गिरावट आएको छ भने वित्तिय समुह पनि ५.२९ अंकले तल झरेको छ । नेप्सेलाई उकालो लाग्न सहयोग पुर्‍याउँदै बैंकइङ सहयक परीसुचक ९.३४ अंकले बढेको छ । त्यस्तै गरी विकास बैंक सहायक परीसुचक ३.७९ र वीमा सहायक परीसुचक ६.३ अंकले उकालो लागेका छन ।

No comments:

Post a Comment