खोज्नुस

Tuesday, July 6, 2010

तेलको मूल्य बढ्ने

नेपाल आयल निगमले तेलको मूल्य बढाउने भएको छ। अन्तर्ष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि निगम घाटामा गएको जनाउँदै मूल्य बढाउन लागेको हो। निगमको बोर्ड बैठक मूल्य बढाउन केन्द्रित रहेको निगमका एक कर्मचारीले बताए।


निगम स्रोतका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको केही मूल्यवृद्धि हुनेछ। भारतमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि मूल्य बढाउन दबाब परेको थियो। भारतको मूल्यवृद्धि पछि सीमा क्षेत्रमा भारतको भन्दा पेट्रोल र डिजेल सस्तो भएको थियो भने नेपालबाट भारततर्फ तेल जाने गरेको थियो।

पछिल्लो समयमा इन्डियन आयल कर्पोरेशनले पठाएको मूल्यअनुसार निगमलाई मासिक ११ करोड घाटा छ। निगमलाई डिजेल र एलपी ग्यासमा घाटा छ भने पेट्रोल, हवाई इन्धन र मट्टितेलमा नाफा छ। पछिल्लो समयमा निगमको घाटा बढ्दै गएको जनाउँदै पेट्रोलियम आयातमा ६० प्रतिशत कटौती गरेको थियो।
कटौतीका कारण बजारमा पेट्रोलियम पदार्थ अभाव भएको थियो। अभावका कारण उपभोक्ताले तेल लिन चर्को घाममा बस्नुपर्ने बाध्यता सिर्जना भएको थियो।
स्रोत:  http://www.nagariknews, २०६७ अषाढ २२, मंगलवार 

No comments:

Post a Comment