चीनले नेपाललाई अर्को सातादेखि भन्साररहित बजार सुविधा दिनेभएको छ। विश्वका अति कम विकसित मुलुकको सूचीमा रहेको नेपालसहित विश्वका ३३ मुलुकलाई आगामी असार १७ गतेका दिनदेखि भन्साररहित बजार सुविधा दिन लागिएको चीनको अर्थ मन्त्रालयले जनाएको छ।
शून्य भन्सार सुविधा पाउनेमा नेपालसहित दक्षिण एसियाका बङ्गलादेश र माल्दिभ्स छन्।
त्यसैगरी २६ अफ्रिकी मुलुकले पनि नेपालसँगै यो सुविधा उपयोग गर्ने अर्थ मन्त्रालयलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यमले जनाएको छ।
समाचारमा ३३ मुलुकबाट आयात गरिने चारहजार ७६२ किसिमका उत्पादनलाई आगामी जुलाई महिनाको १ तारिकका दिनबाट शून्य भन्सार सुविधा दिइने जनाइएको छ।
शून्य भन्सार सुविधा उपलब्ध हुने वस्तुहरूमा जलचर उत्पादन, टेक्स्टायल्स, कृषि उत्पादन, काँचजन्य उत्पादन, स्टील र खनिजजन्य उत्पादन रहेका छन्। सन् २००१ देखियता चीनले विश्वका अति कम विकसित ४१ मुलुकलाई शून्य भन्सार सुविधाको सूचीमा राखेको समाचारमा उल्लेख छ ।
स्रोत: http://www.weeklynepal.com, २०६७ अषाढ ११, शुक्रबार
No comments:
Post a Comment