खोज्नुस

Sunday, June 20, 2010

नेप्सेमा झिनो सुधार

आइतबार नेपालको शेयर बजार कारोबार मापन गर्ने एकमात्र नेप्से परीसुचकमा झिनो सुधार देखिएको छ । गएको साताभरी नै नकरात्मक रहेको शेयर बजारमा यस साताको पहिलो दिनमा अघिल्लो साताको अन्तिम दिनको तुलनामा ०.३६ अंकको वृद्दी देखिएको छ ।

आइतबार शेयर बजारमा कुल ६६ कम्पनिहरुले आफ्नो उपस्थिती जनाएका छन जस अनुसार ८५५ कारोबारबाट १ करोड ८५ लाख ६२ हजार बराबरका ५० हजार १ सय ६५ कित्ता शेयर खरिद बिक्री भएका छन । 

अर्थतन्त्रमा सङ्कट छैनः गर्भनर खतिवडा


नेपाल राष्ट्र बैङ्कका गर्भनर डा. युवराज खतिवडाले बाहिर भनिएजस्तो मुलुकको अर्थतन्त्र सङ्कटमा नपरेको बताउनुभएको छ ।नेपाल राष्ट्र बैङ्क कर्मचारी सङ्घको शुक्रबारदेखि सुरु भएको तीन दिने पाँचौ केन्द्रीय परिषद् बैठकको उद्घाटन गर्दै उहाँले आर्थिक वृद्धिदर चार प्रतिशत, औद्योगिक उत्पादन ३ दशमलव ५ प्रतिशत र मूल्यवृद्धि १० अङ्कमा झरेकोले अर्थतन्त्र सङ्कटमा पर्‍यो भनेर चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।
यो वर्ष आयात वृद्धिदर घटेको तथा वस्तु निर्यातमा समस्या देखिए पनि सेवा निर्यातमा वृद्धि भएको जानकारी गराउँदै गर्भनर खतिवडाले बैङ्कहरुमा तरलता वृद्धि नभएकाले अर्थतन्त्रमा समस्या देखिएको उल्लेख गर्नुभयो ।
भुक्तानी सन्तुलन घाटामा जाँदैमा मुलुक घाटामा गयो भनेर भन्न नमिल्लने भन्दै उहाँले नेपाली मुद्रामा रेमिट्यान्स १० प्रतिशतले वृद्धि भएको, विदेशी मुद्रा सञ्चिति विगतको भन्दा घटेको भए पनि हाल वृद्धि हुने क्रममा रहेको जानकारी गराउनुभयो ।

Friday, June 18, 2010

गिर्दो शेयर बजार

 २०६७/२/३० आइतबार देखी २०६७/३/३ बिहिबार

यस साता नेपाल स्टक एक्स्चेन्जमा १०३ कम्पनिहरुको कारोबार भएको छ जस अनुसार ४५८१ कारोबारबाट १२ करोड ७१ लाख ७४ हजार रुपैया बराबरका ३ लाख ९ हजार ७ सय कित्ता शेयरहरु खरिद बिक्री भएका छन । गत साता ५७९९ कारोबारबाट २५ करोड ९ लाख ६६ हजार रुपैया बराबरका ९ लाख ६६ हजार ६ सय कित्ता शेयरहरु खरिद बिक्री भएका थिए । कारोबार रकममा गत साताको तुलनामा ४९.१३ प्रतिशतले ह्रास आएको हो । कुल कारोबार मध्य 'क' वर्गका कम्पनिहरुको मात्र ५ करोड ७९ लाख रुपैया बराबरको कारोबार भएको छ । यो कुल कारोबारको ४५.५८ प्रतिशत हो । 'क' वर्गका कम्पनिहरुको कारोबार मापन गर्ने सेन्सेटीभ इन्डेक्स अघिल्लो दिनकओ तुलनामा १.२७ अंकले ह्रास भई  ११६.४३ अंकमा आइपुगेको छ ।

Thursday, June 17, 2010

शेयर बजार मन्दी उन्मुख



साताको सुरुवात देखिनै घट्दै आएको नेप्से अन्तिम दिन पनि घट्ने क्रममा नै रहयो । बिहिबार नेप्से अघिल्लो दिनको तुलनामा ०.५४ अंकले ओरालो लाग्दै कारोबार बन्द हुँदासम्ममा ४७४.६३ बिन्दुमा पुगेको छ ।

शेयर बजारमा आज कुल ५५ वटा कम्पनिको शेयर खरिद बिक्री भएको छ जस अनुसार ७३२ वटा कारोबारबाट १ करोड ८१ लाख ५९ हजार बराबरका ४५ हजार ८ सय ३३ कित्ता शेयर किनबेच भएका छन । बुधवार भन्दा आज कम्पनी कारोबार संख्या कम भएपनी कारोबार संख्या, कारोबार रकम र कारोबार भएका शेयर संख्या बढी नै छन ।

आजको नेप्से परिसुचकको उत्तारचढाव अनुमान


 पिभट गणना अनुसार 

पीभट  परिसुचक     ४७५.०१    अंक

       अवरोध १    ४७५.८२      अंक           टेवा १    ४७४.३७      अंक
        अवरोध २    ४७६.४६      अंक            टेवा २    ४७३.५६      अंक
        अवरोध ३     ४७७.१       अंक             टेवा ३    ४७२.९२      अंक



अर्को दिनको कारोवारमा नेप्से परिसुचकमा हुनसक्ने अधिकतम र न्यूनतम घटवढहरु

सम्भावीत अधिकतम   ४७५.४१   अंकदेखी        ४७६.१४  अंक सम्म
सम्भावीत न्यूनतम      ४७५.१६    अंकदेखी        ४७५.१६  अंक सम्म


माथि व्यक्त गरिएको पिभट गणना अन्तर्राष्ट्रिय शेयर बजारहरुमा लोकप्रीय हुने गरेका छन्। नेपालको शेयर बजारमा विभिन्न कमी कमजोरीहरुले गर्दा यो प्रभावकारी हुन सकेको छैन्, यदी केन्द्रीय निक्षेप प्रणाली लागू भएमा यसले लगानीकर्ताहरुलाई शेयर बजार सम्वन्धी विष्लेशण गर्नको लागि धेरै सहयोग गर्ने छ।

यो औजारले आधारभूत विश्लेषणलाई नसमेटीकन प्राविधिक विश्लेषणलाई मात्र केन्द्रीत गर्दछ।


नोट : – माथि गरीएको विश्लेषण नेपाल शेयर मार्केट डटकमले आफ्ना प्रयोग कर्ताहरुलाई जानकारीको लागि मात्र प्रस्तुत गरेको हो। यसै विश्लेषणलाई आधारमानि लगानी गर्दा कुने लाभ तथा नोक्सान भएमा त्यसको जिम्मेवार नेपाल सेयर मार्केट टडकम तथा यो सँग सम्वन्धित व्यक्ति तथा संस्था हुने छैन्। विश्लेषणमा कुनै किसिमका कमी कमजोरी हुन गएमा त्यसलाई आगामी दिनहरुमा सुधार गर्ने प्रयत्न गर्ने छौ र हाम्रा कमी कमजोरीहरुलाई प्रयोग कर्ताहरुले औल्याईदिई सहयोग र सुझाव दिन हुन विनम्र अनुरोध गर्दछौ।