नेपाल राष्ट्र वैंकका गर्भनर डा युवराज खतिवडाले नेपालमा वैंकिङ सचेतताको कमीका कारण समस्या भएको बताउनुभएको छ।
डेभलपमेन्ट वैङकर्स एशोशिएशनद्धारा आज यहाँ आयोजित नेपालका वैंक तथा वित्तीय संस्थामा देखिएका जोखिमलाई न्यूनीकरण विषयक अन्तर्क्रियामा उहाँले वैंकिङ क्षेत्रमा लाग्नेहरूको धैर्यता नभएको बताउदै वैंक खोलेपछि तत्कालै नाफा आर्जन गर्न सकिन्छ भन्ने धारणालाई दिमागबाट हटाउन सुझाव दिनुभयो।

गर्भनर डा खतिवडाले वैकिङ क्षेत्रमा बढी भन्दा बढी घरजग्गामा कर्जा प्रवाह गरिरहेका कारण यसको जोखिम न्यूनीकरण गर्न साहै्र गाह्रो परिरहेकोले यसतर्फ वैंक तथा वित्तीय संस्था सचेत हुनुपर्छ भन्नुभयो।
उहाँले यस प्रकारको अन्तर्क्रियाले वैंकमा कर्जा प्रवाह, मौद्रिक तरलतालगायतका जोखिमलाई सजिलै वहन गर्न सक्ने क्षमता वृद्धि हुनेमा आशावादी रहेको बताउनुभयो।
सो कार्यक्रममा डेभलपमेन्ट वैंकर्स एसोशिएशनका अध्यक्ष झपडबहादुर बोहोराले नेपाल राष्ट्र वैंकले समय सापेक्ष अन्य वैंक तथा वित्तीय संस्थालाई पनि राहत दिनुपर्नेमा जोड दिनुभयो।
स्रोत: http://www.weeklynepal.com, २०६७ अषाढ २१ ,सोमबार

No comments:
Post a Comment