खोज्नुस

Monday, July 5, 2010

टेलिकमको सेयरले घटायो नेप्से


काठमाडौ, अषाढ २१ - नेपाल दूरसञ्चार कम्पनीको सेयर मूल्य घटेपछि नेपाल स्टक एक्सचेन्ज परिसूचकमा नकारात्मक भएको छ । १७ रुपैयाँले घटेको कम्पनीको सेयरसँगै केही वाणिज्य बैंकका सेयर मूल्य तल झरेपछि नेप्से परिसूचक ६ दशमलव २२ अंकले घटेको हो । यो गिरावटपछि परिसूचक ४ सय ६४ दशमलव ६९ विन्दुमा पुगेको छ ।
समूहगत रूपमा अन्य समूह १९ दशमलव ९७ अंकले घटेको छ । वाणिज्य बैंक ६ दशमलव ४, वित्त २ दशमलव ५२ र विकास बैंक शूून्य दशमलव ३२ अंकले घटेका छन् । जलविद्युत् समूह भने ३० दशमलव ४३ अंकले बढेको छ । यसका साथै होटल र बिमा समूह पनि बढेका छन् ।
दिनभर २ करोड ६५ लाख रुपैयाँको कारोबार भएको थियो । धेरै रकमको कारोबार गर्ने संस्थामा स्ट्यान्डर्ड चार्टर्ड बैंक, बैंक अफ काठमाडौं, लुम्बिनी बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र एसियन लाइफ इन्स्योरेन्स परेका छन् ।
बुटवल पावर कम्पनी, क्रिस्टल फाइनान्स, बिजनेस डेभलपमेन्ट बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक र कास्की फाइनान्सका सेयरधनीले धेरै कमाएका छन् । अर्कोतर्फ पशुपति विकास बैंक, वीरगन्ज फाइनान्स, एभरेस्ट बैंक, इन्प|mास्टक्चर डेभलपमेन्ट बैंक र काष्ठमाण्डप विकास बैंकका सेयरधनीले धेरै गुमाएका छन् ।

स्रोत:  http://www.ekantipur.com, २०६७ अषाढ२१,सोमबार 

No comments:

Post a Comment