अन्तर्राष्ट्रिय बजारलाई पछ्याउँदै यस साताको सुरुमा उच्च दरमा कारोबार भएको सुनको मूल्य शुक्रबार उच्च दरले घटेको छ । यस साता पटकपटक उच्च मूल्यमा कारोबार भएपछि शुक्रबार तोलामा करिब ८ सय रुपैयाँ घटेर कारोबार भयो ।
अमेरिकी डलरको दाँजोमा युरो मजबुद भएको र तेलको मूल्यमा गिरावट आएकाले साताको अन्तमा सुनको मूल्य ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आइतबार प्रतितोला सुनको मूल्य ३६ हजार २ सय (दस ग्राममा ३१ हजार ३५) रुपैयाँ कायम भयो । शुक्रबार घटेर तोलामा ३५ हजार ४ सय (दस ग्राममा ३० हजार ३ सय ५०) रुपैयाँ कायम भएको छ । 'युरो मजबुद भएको र तेलको भाउमा सुधार आएकाले शुक्रबार उच्चदरले मूल्य घटेको हो,' संंघका अध्यक्ष शाक्यले भने ।
संंघका अनुसार स्थानी बजारमा सोमबार पनि आइतबारकै मूल्यमा सुनको कारोबार भयो । मंगलबार प्रतिदस ग्राम सुनको मूल्य ३० हजार ८ सय २० रुपैयाँ कायम भयो । बुधबार प्रतिदस ग्राम सुन ३० हजार ९ सय ७५ रुपैयाँ रहेकोमा बिहीबार फेरि बढेर ३१ हजार ३५ रुपैयाँ कायम भयो ।
स्रोत: http://www.ekantipur.com, २०६७ अषाढ२१, सोमबार
No comments:
Post a Comment